१९ आश्विन २०८१, शनिबार
,
Latest
बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारद्वारा आइसिटी क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई पुरस्कार वितरण



अ+ अ-

काठमाडौं । सरकारले सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरुलाई पुरस्कार वितरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका विभिन्न ५ विधामा आवेदन दिन एक सूचना जारी गरेको हो । 

नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास र प्रवर्द्धन गर्न हरेक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै आएको छ । उक्त दिवसको अवसरमा नेपालमा सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरु मध्येबाट सर्वोत्कृष्टलाई विभिन्न ५ विधामा पुरस्कार वितरण गरिने सरकारले जनाएको छ । 

सरकारले नेशनल आइसिटी एक्सेलेन्स अवार्ड, नेशनल आइसिटी इन्नोभेसन अवार्ड, नेशनल आइसिटी अवार्ड ९पब्लिक सेक्टर०, नेशनल आइसिटी अवार्ड (प्राइभेट सेक्टर) र नेशनल आइसिटी एक्सेलेन्स अवार्ड (वुमन) विधामा पुरस्कार प्रदान गर्ने जानकारी दिएको छ । 

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारमा आवेदन दिनका लागि आवेदकले भर्नुपर्ने फारामको ढाँचा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको बताइएको छ । 

आगामी बैशाख ४ गतेभित्र आवेदन फाराम भर्न सकिने छ । आवेदन फाराम [email protected] इमेलमा वा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराउन सकिने जनाएको छ ।