• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

रुरु हाइड्रोको आइपिओ बाँडफाँट्



काठमाडौं । रुरु जलविद्युत् परियोजनाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान रुरु जलविद्युत् परियोजनाले निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको हो ।

कम्पनीले गत चैत २० गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १६ लाख ८३ हजार १२१ आवेदकबाट रु दुई दुई करोड ३५ लाख ४६ हजार ४४० कित्ताको लागि आवेदन परेको थियो । आवेदन दिएकामध्येबाट योग्य कायम भएका १५ लाख ९० हजार ८९६ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ ।

योग्य आवेदकमध्ये गोलाप्रथाबाट ३७ हजार ९१६ लगानीकर्ताले दश कित्ताका दरले शेयर पाएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले जानकारी दिनुभयो । रीतपूर्वक आवेदन दिएकामध्ये पनि १५ लाख ५२ हजार बढीको हात खाली भएको छ ।

प्रिमियम मूल्यमा शेयर निष्काशन गरेको कम्पनीले अङ्कित मूल्यमा रु २० प्रिमियम थप गरेर प्रतिकित्ता रु १२० मा शेयर बिक्री गरिएको थियो । कम्पनीले चार लाख सात हजार ७०६ कित्ता आइपिओ सर्वसाधारणका लागि खुला गरेको थियो । यसमध्ये आठ हजार १५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो ।

यसअघि गत फागुन ७ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको लागि चार लाख सात हजार ७०५ कित्ता शेयर निष्काशन गरेको थियो । आइपिओको नतीजा मेरो शेयर, सिडिएसले आइपिओ नतीजाको लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ ।