२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप टीममा फर्किदा चार खेलाडी बाहिरिए



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट खेल्ने टोलीको घोषणा गरेको छ । क्यानले विश्वकप छनोट खेल्ने रोहित पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।

टीममा लेग स्पिनर सन्दीप लामिछानेले कमब्याक गरेका छन् । सन्दीप टिममा फर्किदा चार खेलाडी बाहिरिएका छन् । त्रिकोणात्मक टि-२० आई सिरिजमा परेका स्पिनर सूर्य तामाङ, श्याम ढकाल, सागर ढकाल र युवा ब्याटर लोकेश बम बाहिरिएका हुन् । श्यामले त्रिकोणात्मक सिरिजमा मुलपानीमा युएईविरुद्ध डेब्यू गरेका थिए । सन्दिपको अनुपस्थितीमा उनलाई मौका दिईएको थियो ।

त्यस्तै नेपालले अन्तिम १५ मा विनोद भण्डारीलाई राख्ने निर्णय गर्दा युवा ब्याटर लोकेश बम पनि टोलीबाट बाहिरिएका छन् । त्रिकोणात्मक सिरिजमा स्क्वाडमा रहेपनि खेल्ने अवसर पाएका थिएनन् । सूर्य र सागरको भने नेपालका दुई प्रमुख स्पिनर सन्दीप र ललित नारायण राजवंशी टोलीमा हुँदा अन्तिम १५ मा स्थान बनाउन सकेनन् ।

घरेलु मैदान नेपालमा हुन लागेको विश्वकप २०२४ को एसिया क्षेत्रको छनोट प्रतियोगिता यही अक्टोबर ३० (सोमबार) देखि हुँदैछ । मुलपानी र कीर्तिपुर मैदानमा हुने खेलहरुमा नेपालसहित आठ वटा देशले भाग लिनेछन् । ८ टीमलाई दुई समूहमा राखेर खेलाइने छ भने दुवै समूहका शीर्ष दुई टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा पुग्ने दुई टीमले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकप खेल्न पाउनेछन् ।

नेपालको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । समूह ‘बी’मा यूएई, हङकङ, कुवेत र बहराइन रहेका छन् । समूह ‘ए’बाट नेपाल र ओमान तथा समूह ‘बी’बाट यूएई र हङकङ सेमिफाइनलका दावेदार हुन् । नेपाल उपाधिको दावेदारसमेत हो । नेपालले आफ्ना सबै खेलहरु कीर्तिपुर मैदानमा खेल्नेछ । नेपालको पहिलो म्याच सोमबार सिंगापुरविरुद्ध छ ।

नेपालको टोली:

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि।सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।