४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल एरिका ऐतिहासिक स्वर्णनजिक क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारको कर्मचारी भन्दै ठग्ने पक्राउ



अ+ अ-

कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एकजनालाई पक्राउ गरेको छ ।

चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–२० बस्ने मोहन कोइरालालाई बाँके प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार विगत केही समयदेखि एक जना व्यक्तिले बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थामा पुगेर आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठग्ने र लाभ लिने गरेको सूचनाका आधारमा निजलाई पक्राउ गरिएको बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले निगरानी एवं खोजतलास गरी कोइरालालाई पक्राउ गरेको हो ।

प्रवक्ता डाँगीले निज कोइरालालाई हाल हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जानकारी दिँदै उनीबाट कोही व्यक्ति ठगिएको भए जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिन अनुरोध गरिएको बताउनुभयो । रासस