५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कफीको स्क्रबले ब्ल्याक र व्हाइट हेड्स कसरी हटाउने ? जान्नुहोस्



अ+ अ-

काठमाडौं । आजभोलि धुँवा धुलो आदिका कारण अनुहारमा ब्ल्याक र व्हाइट हेड्स देखिनु सामान्य जस्तै भएको छ । अधिकांश मानिस यो समस्याबाट पीडित छन् । यो समस्या कुनै पनि उमेर समूहका व्यक्तिलाई हुन सक्छ । तर, विषेशगरी किशोरावस्थामा बढी देखिन्छ । व्हाइट हेड्स हटाउने उपाय अनेक छन् । तर, यो समस्याको समाधान भान्साबाटै पनि गर्न सकिन्छ ।

छालाको प्रकार र अवस्था जस्तो सुकै भए पनि ब्ल्याक हेड्स र व्हाइट हेड्स हटाउन घरेलु उपाय बढी फाइदाजनक हुन्छ । तपाईले प्रयोग गर्ने कफीको स्क्रबबनाएर अनुहारमा भएको ह्वाइट र ब्ल्याक हेड्स सजिलै हटाउन सक्नुहुन्छ ।

कफिको स्क्रबलाई दाग हटाउन यसरी प्रयोग गर्नुस् :

१) दही, कफी र बेसनको कमाल दुई चम्चा दहीमा एक ठूलो चम्चा कफीको धुलो र बेसन मिसाउने । उक्त मिश्रणलाई राम्रोसँग मिक्स गरेर अनुहारमा लगाउने र हल्का हातले मसाज गर्ने । मसाज गर्दा ध्यान दिनेकी उक्त पेस्ट जहाँ धेरै व्हाइट र ब्ल्याक हेड्स छन् त्यहाँ लगाउनु पर्छ ।

२) मोइस्चराइजर लगाउन नबिर्सौ  गोलाकार अवस्थामा दुई देखि तीन मिनेटसम्म मसाज गर्नुपर्छ । त्यसपछि सफा पानीले अनुहार धुने । टोनरको प्रयोग गर्ने साथै अनुहारमा मोइस्चराइजर पनि नबिर्सी लगाउने ।

३) मेकअप सफा गरेर लगाउने पेस्ट तपाई सातामा इच्छा अनुसार यो पेस्टको प्रयोग गर्न सक्नु हुन्छ । ध्यानदिनुहोस् की कफी, बेसन र दहीको यो पेस्ट अनुहारमा लगाउनु भन्दा पहिले अनुहारमा भएको मेकअप सफा गरेर मात्र लगाउनु पर्छ । (एजेन्सीको सहयोगमा)