• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

अमेरिकी सभामुखमा माइक जोन्सन निर्वाचित



अमेरिकी सभामुख माइक जोन्सन

अमेरिकी प्रतिनिधिसभाको सभामुखमा रिपब्लीकन पार्टीका माइक जोन्सन निर्वाचित भएका छन् । तीन हप्ता अघि सभामुख केभिन म्याकार्थीलाई रिपब्लीकन पार्टीकै सांसदहरुको विद्रोहपछि सभामुख पदबाट हटाएसँगै नयाँ सभामुख को बन्ने भन्नेमा अन्यौल देखिएको थियो ।

गाजा द्वन्द्व, युक्रेन युद्ध र दक्षिणी सीमामा पर्खाल निर्माणजस्ता महत्वपूर्ण मुद्दाका लागि १०० अर्ब डलरभन्दा बढीको सहायता अनुमोदन गर्न सभामुखको अभावमा हाउसको बैठक समेत बस्न सकेको छैन ।

अमेरिकी तल्लो संसदमा रिपब्लीकन पार्टीको झिनो बहुमत छ । हाउसमा रिपब्लीकनको २२१ मत छ भने डेमोक्रेटिक पार्टीको २१२ छ । अमेरिकी संसदमा सभामुख चयनका लागि २१७ मतको आवश्यक पर्दछ ।

तर मतदानमा जोन्सनले २२० मत पाएका थिए भने विपक्षमा २०९ मत परेको थियो ।

जोन्सनमाथि सन् २०२० को राष्ट्रपतीय निर्वाचनको मतपरिणाम स्वीकारयोग्य नभएको भन्दै कानुनी लडाइँको नेतृत्व गरेको आरोप लाग्दै आएको छ जुन चुनावमा डोनाल्ड ट्रम्प वर्तमान राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए ।

अमेरिकी पूर्व सभामुख म्याकार्थीले डेमोक्रेटिक पार्टीका राष्ट्रपति जो बाइडेनका योजनालाई सहयोग र समर्थन गरेको आरोप लगाउँदै ट्रम्प निकट सांसदहरुले विद्रोह गरेका थिए ।

अर्को वर्ष हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडेनलाई संसदबाट असहयोग गरी असफल तुल्याउन रिपब्लीकन लागिपरेका छन् । अर्को चुनावमा डेमोक्रेटिक पार्टीका तर्फबाट बाइडेन उम्मेदवार हुने घोषणा भइसकेको छ भने रिपब्लीकन तर्फबाट डोनाल्ड ट्रम्पको सम्भावना बढी छ । एजेन्सी