७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता

हामीले स्थल हमलाको तयारी गरिरहेका छौँ– इजरायली प्रधानमन्त्री

हामीले स्थल हमलाको तयारी गरिरहेका छौँ– इजरायली प्रधानमन्त्री
अ+ अ-

तेल अविव । इजराइल आफ्नो अस्तित्वको लडाइँमा छ’ भन्ने आफ्नो भनाइ दोहोर्याउँदै इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासको युद्ध विरुद्धको आफ्नो लक्ष्य ‘देशलाई बचाउनु’ रहेको र हमासलाई नष्ट गर्नका लागि स्थल आक्रमण चाँडै सुरु हुने बताउनुभएको टाइम्स अफ इजराइलले बताएको छ ।

उहाँका अनुसार इजराइल स्थल कारवाहीका लागि तयार भइरहेको छ । यद्यपि कहाँ र कहिले आक्रमण सुरु गर्न लागेको हो भन्नेबारे उहाँले केही बताउनुभएन । “हामी स्थल आक्रमणको तयारी गरिरहेका छौँ, कहाँ, कसरी र कति आक्रमण हुन्छ भन्नेबारे म भन्दिनँ, म ती विचारहरूो सीमाको बारेमा पनि विस्तारपूर्वक बताउँदिन जसमा अधिकांशका बारेमा जनतालाई जानकारी छैन, साथै यस्तै नै मानिन्छ, यही तरिका हो जसबाट हामी आफ्ना सैनिकहरूको ज्यानको रक्षा गर्न सक्छौँ”, उहाँले भन्नुभयो ।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नेतान्याहुले भन्नुभयो, “इजराइल हाम्रो अस्तित्वको लडाइँको बीचमा छ, युद्धका दुई उद्देश्य हुन्छन्– हमासको सैन्य र शासन क्षमतालाई नष्ट गर्नु र उसलाई समाप्त पार्नु, साथै हाम्रा बन्धकहरूलाई फिर्ता गर्नका लागि हरसम्भव प्रयास गर्नु ।”

प्रधानमन्त्री नेतान्याहुलाई उद्धृत गर्दै टाइम्स अफ इजराइलले भनेको छ, “हमासका सबै सदस्य मृत व्यक्ति हुन् । उनीहरू जमिनमाथि र तल, गाजाभित्र र बाहिर घुमिरहेका छन् । रक्षामन्त्री योआभ ग्यालेन्ट, मन्त्री बेनी गेन्ट्ज, सुरक्षा क्याबिनेट, मुख्यसचिव र सुरक्षा सङ्गठनका प्रमुखहरूसँग हामी विजय प्राप्त नभएसम्म युद्धका लक्षहरूलाई प्राप्त गर्नका लागि चौबिसै घन्टा काम गरिरहेका छौँ र राजनीतिक विचारलाई पनि यस्तै बनाइरहेका छौँ ।”

मुलुकलाई बचाउनु र जित हासिल गर्नु नै लक्ष्य भएको उल्लेख गर्दै उहाँले इजराइली कारवाहीमा हजारौँ आतङ्ककारी मारिएको र यो सुरुआत मात्र भएको बताउनुभयो ।

स्थल आक्रमणको समयका बारेमा सर्वसम्मतिले निर्णय लिइएको उहाँको भनाइ थियो । “अपरेसनको समय युद्ध मन्त्रिपरिषद् र मुख्यसचिवमार्फत सर्वसम्मतिले निर्धारण गरिएको थियो”, उहाँले भन्नुभयो, “हामी ती हत्यारा, अत्याचारी र हमासबाट पूरा मूल्य चुकाउने छौँ ।”

उहाँले गाजाका गैरलडाकूहरूलाई फेरि पनि दक्षिणी गाजातिर जान आग्रह गर्नुभयो । रासस