७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

घट्यो खसी च्याङ्ग्राको मूल्य

घट्यो खसी च्याङ्ग्राको मूल्य
अ+ अ-

भक्तपुर । भक्तपुरको सल्लाघारीमा दसैँका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यपारीले मूल्य घटाएका छन् । दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौँं, काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागे पनि अपेक्षित रुपमा बिक्री कम भएपछि व्यापारीले आजबाट मूल्य घटाएका हुन् ।

दसैँको विजयादशमी सकिएपछि व्यापारीले मूल्य घटाएका हुन् । दसैँको लागि मुस्ताङ हुदैँ ल्याइएको च्याङ्ग्रा आजबाट किलोमा रु दुई सय ५० घटाएको उहाँले बताउनु भयो । यहाँका सबै व्यापारीको सल्लाहअनुसार नै च्याङ्ग्राको मूल्य घटाएर प्रतिकिलो एक हजार १०० मा बिक्री गरेको व्यापारी खड्काले बताउनुभयो ।

बझाङबाट ल्याइएको नेपाली च्याङ्ग्रा प्रतिकिलो रु ९०० मा बिक्री भइरहेको र चिनियाँ च्याङ्ग्रा प्रतिकिलो रु एक हजार १०० मा बिक्री भइरहेको जानकारी उहाँले दिनुभयो । अर्का च्याङ्ग्रा व्यापारी उत्तम खड्गीले मुस्ताङमै च्याङ्ग्रा महँगो तिर्नु परेकाले यसवर्ष मूल्य बढेको भए पनि आजबाट मूल्य घटाएको बताउनुभयो । उहाँले भन्नुभयो, “चीनबाट ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा किलोमा नभइ प्रति गोटा रु ३५ हजारदेखि ४० हजारसम्म तिुर्न परेकाले यसवर्ष च्याङ्ग्रा महँगो भएको हो ।”

अर्का व्यापारी रमेश खड्काले च्याङ्ग्राको मूल्य घटेको र भेडा पनि मूल्य घटाएर प्रतिकिलो रु ६५० मा बिक्री गरेको बताउनुभयो । अर्का च्याङ्ग्रा व्यापारी कुलबहादुर श्रेष्ठले पशु स्वास्थ्य चिकित्सकबाट भेडा च्याङ्ग्राको परीक्षण गरेर ल्याएको बताउनुभयो ।

च्याङ्ग्रा तयारी मासुको मूल्य पनि घटेको छ । सल्लाघारीको चौरमा तयारी च्याङ्ग्राको मासु प्रतिकिलो दुई हजार ८०० मा व्यापारीले बिक्री गर्दै आए पनि आजबाट दुई हजार ५०० मा बिक्री गर्न थालेको व्यापारीले बताएका छन् । उता सल्लाघारीमा खसीको मूल्य पनि घटेको छ । व्यापारीहरुले खसी आजबाट प्रतिकिलो रु ६०० मा बिक्री गर्न थालेका छन् । यसवर्ष यहाँ करिब दुई हजार खसी, दुई हजार भेडा, च्याङ्ग्रा ल्याइएको व्यापारीले बताएका छन । रासस