२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

इङ्ल्यान्डले घाइते रिज टोपलीको स्थानमा जोफ्रा आर्चरलाई किन छनोट गरेन ?



अ+ अ-

एजन्सी । इंग्ल्याण्ड क्रिकेट टोलीले बायाँ हाते फास्ट बलर रिस टोपलीको स्थानमा ब्रायडन कार्सलाई विश्वकपका लागि छनोट गरेको छ । टोपली दक्षिण अफ्रिकाविरुद्धको खेलमा घाइते भएका थिए । कार्स दाहिने हातले बलिङ गर्छन् ।

इंग्ल्याण्डलाई २०१९ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेल्ने जोफ्रा आर्चर छनोट भएनन् । आर्चर रिजर्भ खेलाडीका रूपमा टोलीसँग सम्बन्धित छन् । प्रशिक्षक म्याथ्यु मोटले पहिले नै आर्चरलाई मुख्य टोलीमा नल्याउने बताएका थिए ।

दक्षिण अफ्रिकाविरुद्धको खेलमा टोपलीको औंलामा चोट लागेको थियो । उनले ८.५ ओभर बलिङ गरे । टोपलीलाई स्क्यानका लागि लगिएको थियो । त्यहाँ फ्याक्चर भएको पत्ता लाग्यो । खेलमा उनले तीन विकेट लिए ।

टोपलीले यस विश्वकपमा तीन खेलमा भाग लिएका थिए । यस अवधिमा उनले आफ्नो नाममा कुल आठ विकेट लिए । इंग्ल्याण्डको टोलीले जारी विश्वकपमा चारमध्ये तीन खेलमा हार बेहोरेको छ र अब सेमिफाइनलमा पुग्नका लागि बाँकी सबै खेल जित्नुपर्नेछ ।

इंग्ल्याण्डले बिहीबार (२६ अक्टोबर) बैंग्लोरमा श्रीलंकासँग खेल्नेछ । त्यसपछि अक्टोबर २९ मा लखनउमा आयोजक भारतसँग भिड्नेछ । भारतले अहिलेसम्म एउटा पनि खेल हारेको छैन । उसले पाँचवटै खेल जितेको छ । भारतले अस्ट्रेलिया, अफगानिस्तान, पाकिस्तान, बंगलादेश र न्युजिल्याण्डलाई हराएको छ ।

ब्रायडन कार्सको कुरा गर्दा उनले इङ्ल्यान्डका लागि अहिलेसम्म १२ ओडीआई खेलिसकेका छन् । २८ वर्षीय फास्ट बलरले २०२१ मा एकदिवसीय ढाँचामा डेब्यू गरेका थिए । उनको खातामा अहिलेसम्म १४ विकेट छन् । सेप्टेम्बरमा न्युजिल्यान्ड विरुद्धको चार खेलको एकदिवसीय शृंखलामा उनी टोलीमा थिए । उनले आयरल्याण्ड विरुद्धको दुई एकदिवसीय खेलमा पनि भाग लिएका थिए ।

जोफ्रा आर्चर लामो समयको चोटबाट पछि फर्किएपछि यो महिनाको सुरुमा रिजर्भ खेलाडीको रूपमा भारतमा इंग्ल्याण्ड क्रिकेट टोलीमा सामेल भएका थिए । तर, इङ्ल्यान्डका प्रशिक्षक म्याथ्यु मोटले आर्चरको विश्वकपमा फर्किने सम्भावनालाई पहिले नै अस्वीकार गरिसकेका थिए ।

उनले भनेका थिए, ‘वास्तवमा आर्चरलाई छनोटका लागि विचार गरिने छैन । उनी चोटबाट निको भइसकेका छन् र मेडिकल स्टाफलाई रिपोर्ट गरेका छन्, तर उनले यो अभियानमा कुनै भूमिका खेल्न सक्ने छैनन् ।” उनले अहिलेसम्म २१ ओडिआई खेलमा ४२ विकेट लिएका छन् ।