४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विजयको ‘लियो’ले तोड्यो ‘गदर २’ को रेकर्ड

विजयको ‘लियो’ले तोड्यो ‘गदर २’ को रेकर्ड
अ+ अ-

एजेन्सी । थालापथी विजयको फिल्म ‘लियो’ ले रिलिज हुनेबित्तिकै बक्स अफिसमा हलचल मच्चाएको छ । ‘लियो’ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा परेको छ । चार दिनमै फिल्म २०० करोड क्लबमा प्रवेश गरेको हो । आइतबार फिल्मको कमाईमा ठूलो उछाल आएको छ ।

लोकेश कनागराजको फिल्म ‘लियो’ १९ अक्टोबर २०२३ मा विश्वभरका थिएटरमा रिलिज भएको थियो । फिल्मले शानदार ओपनिङका साथ बक्स अफिसमा हलचल मचाएको थियो । दोस्रो र तेस्रो दिन फिल्मको कमाईमा केही कमी आएको थियो तर आइतबार घरेलु बक्स अफिसमा ‘लियो’का लागि राम्रो दिन साबित भयो ।

लामो समयदेखि विजयको एक्शन थ्रिलर ‘लियो’को चर्चा चलिरहेको थियो । फिल्मले पहिलो दिन ‘गदर २’ भन्दा धेरै कमाएको थियो । आइतबार फिल्मको कमाईले ठूलो फड्को मारेको छ । चलचित्रले आइतबार घरेलु बक्स अफिसमा एकै दिन ४० करोडको व्यापार गरेको छ । तर, वास्तविक तथ्याङ्क यो भन्दा बढी हुन सक्छ ।

थालापथी विजय र सञ्जय दत्त स्टारर फिल्म ‘लियो’ ले बक्स अफिसमा ६५ करोडको खाता खोलेको छ । फिल्मले तमिलमा सबैभन्दा बढी र कन्नडमा सबैभन्दा कम कमाई गरेको थियो । फिल्मले दोस्रो दिन ३५.२५ करोड कमाएको थियो । शनिबारको कमाईमा उछाल आएको छ र लियोको खातामा ३९.८ करोड आयो ।

फिल्मले पहिलो साताको अन्त्यमा १७९.८५ रुपैयाँसम्मको व्यापार गरेको छ । यसै वर्षको अगस्टमा रिलिज भएको ‘गदर २’ ले पहिलो सप्ताहन्तमा १३४.८८ करोड कमाएको थियो । यस हिसाबले विजयको फिल्म ‘गदर २’ लाई पछि पारेको छ ।