७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

किसानलाई धान भित्र्याउन चटारो

किसानलाई धान भित्र्याउन चटारो
अ+ अ-

ढोरपाटन । यहाँका किसानलाई धान भित्र्याउन चटारो परेको छ । उनीहरुलाई खेतभरि पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पिर समेत परेको छ । आकाशमा बादल मडारिँदा किसान चिन्तत हुन्छन् । यतिबेला पश्चिम बागलुङका किसानलाई दसैँ मनाउनभन्दा बढी धान भित्र्याउन भ्याइनभ्याइ छ । दसैँ र धान भित्र्याउने समय एकैपटक पर्दा किसानलाई चाडबाडकोभन्दा खेती स्याहार्ने चटारो बढी छ ।

गत असारमा लगाइएको धान असोज अन्तिम साता भित्र्याउने समय भए पनि निरन्तर वर्षा हुँदा खेतमै रहेको थियो । निसीखोला गाउँपालिका–४ का केशर पौडेलले अब वर्ष भए धानबालीमा ठूलो क्षति हुने जनाउँदै अहिले भित्र्याउन भ्याइनभ्याइ भएको बताउनुभयो । गत असोज २९ गतेसम्म ठूलो वर्षा भएको हुँदा धान भित्र्याउन नसकिएको भन्दै केही दिनदेखि पानी नपरेको हुँदा खेताला लगाएर धान काट्ने र भित्र्याउनतर्फ लागेको बताउनुभयो । आफूले मार्सी जातको धान लगाएको हुँदा छिटो पाकेको पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस वर्ष अलि ढिला आयो दसैँ, पोहोरपरार सालमा त यतिबेला तिहार आउँथ्यो, दसैँ सकेर धान भित्र्याउथ्यौँ, पानीले पनि त्यत्ति धेरै दु:ख दिएको थिएन, अहिले त धान काट्ने बेला ठूलो वर्षा भयो, केही दिनुभयो पानी परेको छैन त्यही भएर धेरै किसान धान काट्ने र भित्र्याउनमा व्यस्त छन्, अब बारीमा गहुँ पनि छर्ने समय भयो, एकैपटक धेरै काम गर्नुपर्छ, यो समय कामकै चटारो हुने भएको हुँदा दसैँ पोहोरपरार सालको जस्तो फुर्सदिलो नहुने भयो ।”

अर्का किसान निमबहादुर क्षेत्रीले असोज दोस्रो साता धान काट्ने तयारी गरेको तर वर्षका कारण रोकिएको बताउनुभयो । पानी बिदो (वर्षा रोकिन) भएका बेला अर्मपर्म गरेर धान काट्न थालेको उहाँले बताउनुभयो । धान काटेको दुई दिनमा छाट्ने र भित्र्याउने भएको हुँदा धेरै किसान यति बेला खेतमा व्यस्त भएको क्षेत्रीको भनाइ छ । यस वर्ष समयमै वर्ष भएको हुँदा धान पनि राम्रो उत्पादन भएको भन्दै समयमै नभित्र्याए असिनाले नोक्सान गरिदिन सक्ने उहाँ बताउनुहुन्छ ।

निसीखोला क्षेत्रमा अन्य ठाउँको तुलनामा छिटो रोपाइँ हुनेहुँदा धान पनि छिटो नै पाक्ने गर्छ । यहाँका किसानले मार्सी, जडन, जेठो बुढोलगायतका जातको धान लगाउने गर्दछन् । जडन जातको धान अलि ढिला पाक्ने किसानको भनाइ छ । बागलुङमा हरेक वर्ष धान उत्पादन गर्ने क्षेत्रफल बढ्दै गएको छ । कृषि ज्ञानकेन्द्र बागलुङका अनुसार गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ भएको छ । जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ । रासस