७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा कोरोना संक्रमण बढ्दै



अ+ अ-

नेपालगञ्ज । भारतबाट काम गरेर फर्किएका दश जनालाई शनिबार कोरोना पुष्टि भयो । कोरोना पुष्टि भएका दशमध्ये आठ जना कर्णाली प्रदेशका छन् । ६ जना सुर्खेत, दैलेख, जाजरकोट तथा बाँके र दाङ जिल्लाका एक/एक जना रहेका छन् । दश जनामा आठ जना गजरात र दुई जना दिल्लीबाट आएका हुन् ।

नेपालगञ्ज नाकामा शनिबार १९ जनालाई शंका लागेर जाँच गर्दा १० जनामा कोरोना पुष्टि भएको थियो । यो नाकामा चैत महिनायता २५ जनालाई कोरोना पुष्टि भइसकेको छ । नेपालगञ्ज नाकामा जाँच गर्दा कोरोना पुष्टि भएका अधिकांश कर्णाली प्रदेशका रहेका छन् ।

भारतको गुजरात दिल्ली, मुम्बईमा कोरोना बढेपछि घर फर्किने नेपालीको चाप बढ्दो रहेको छ । भारतका विभिन्न शहरबाट शनिबार करिब २ हजार नेपाली फर्किएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा शनिबार १ सय ६ जनामा कारोना पुष्टि भयो । अस्पतालले पछिल्लो २४ घण्टामा १ सय ९० जनालाई जाँच गर्दा १ सय ६ जनालाई कोरोना पुष्टि भएको थियो । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।