• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

दसैँको रौनकले छोएन मजदुरलाई



ढोरपाटन । गाउँ सहरमा दसैँ छाइसकेको छ । धेरैलाई दसैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दसैँ आएको आभाष छैन । दसैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ ।

“यसपाली दसैँ यतै बित्ने भयो”, कास्की मादी गाउँपालिकाकी मिना दर्जीले भन्नुभयो, “पैसा नभइ दसैँ कसरी मनाउनु ।” पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मिनालाई दसैँमा पनि विहान बेलुकाको छाक टार्नेमै चिन्ता छ । त्यसैले यस वर्षको दसैँ कालीगण्डकी किनारमै बित्ने उहाँको भनाइ छ ।

मिनालगायतका धेरै मुजदुर पनि यति बेला कालीगण्डकी किनारमा काम गर्नै व्यस्त छन् । गाउँ घरमा दसैँ छाए पनि उहाँहरु भने काम कसरी सक्ने भन्नेमै हुनुहुन्छ । केही मजदुर भने कात्तिक छ गतेसम्म काम गरी दसैँ मनाउन घर जाने योजनामा पनि छन् । “यहाँ काम गर्ने धेरै साथीहरु दसैँका लाग घर गइसक्नु भयो, केही काममै व्यस्त छौँ । मेरा लागि यसपाली घर जाने वातावरण बनेन”, मिनाले भन्नुभयो ।

पहिले बालुवा बिक्री राम्रो भए पनि अहिले भने खासै नभएको उहाँको भनाइ छ । “पहिले त बालुवा बिक्री राम्रो थियो । दिनमा रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म कमाइ पनि हुन्थ्यो तर अहिले त्यस्तो राम्रो कमाइ छैन”, उहाँले सुनाउनुभयो ।

काली किनारमै बालुवा चाल्ने बिमल सुनारले यसपाली आफूलाई दसैँले नछोएको बताउनुभयो । “दसैँमा गाउँ जाने रहर थियो तर खर्च नै बढी हुने भएपछि घर गइन”, उहाँले भन्नुभयो, “बिरामी भएर अस्पताल बस्दा लागेको रु पाँच लाख ऋण तिरिसकेको छैन, ऋण नतिरी कसरी घर जानु ?”

मध्यपहाडी लोकमार्गको अक्षते खण्डमा मजदुरीमा व्यस्त रोल्पा छुनछहारीका पदम बुढा मगरसँग पनि दर्जी र सुनारको जस्तै पीडा छ । “दसैँमा भने जस्तो खर्चको जोहो भएन, तिहारसम्म केही बचत भए घर जाने विचारमा छु, यसपालीको दसैँ यतै मनाइने भइयो”, उहाँले भन्नुभयो । डेढ वर्ष भारतमा मजदुरी गरेपछि केही समय अघि मात्रै उहाँ यहाँ आइपुग्नुभएको हो । “भारतमा राम्रो कमाइ नभएपछि यहाँ आएको हुँ, यहाँ पनि भने जस्तो कमाइ छैन, आम्दानी नभइ घर कसरी जानु रु”, उहाँले भन्नुभयो । रासस