• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

कुशल र दीपेन्द्रको अर्धशतकमा नेपालले हङकङलाई दियो २ सय १४ रनको विशाल लक्ष्य



काठमाडौँ । नेपालले त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारीमा हङकङसामु २ सय १४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन जोड्यो । पाँचौ विकेटका लागि कुशल मल्ल र दीपेन्द्रले १ सय ४५ रनको साझेदारी गर्दै बलियो योगफलसम्म पुर्याएपछि नेपालले बलियो लक्ष्य दिएको हो ।

कुशलले आफ्नो करिअरको दोस्रो अर्धशतक बनाउने क्रममा ९ छक्का सहित ९२ रनको आक्रामक इनिङ खेले । ४१ बलको सामना गरेका उनले ३ चौका समेत प्रहार गरे ।

यता, दीपेन्द्रले सातौं अर्धशतक बनाउने क्रममा ५७ रनको इनिङ खेले । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

हङकङका लागि मोहमद घजन्फ़रले २ विकेट लिए भने आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले १-१ सफलता हात पारे ।