२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ विकेट लिनेबित्तिकै मिचेललाई यस्तो उपलब्धी



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को १८ औं खेलमा अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा भयो । यस खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले पराजित गर्दै विश्वकप २०२३ मा दोस्रो जित हात पारेको थियो ।

खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६७ रन बनाएको थियो । जवाफमा पाकिस्तान ४५.३ ओभरमा ३०५ रनमा अलआउट भयो ।

खेलमा अष्ट्रेलियाका लागि डेभिड वार्नर र मिचेल मार्सले बलियो शतक प्रहार गर्दै टोलीलाई ३६७ रन बनाउन महत्वपूर्ण योगदान पुर्याएका थिए । दुईबीच २५९ रनको ओपनिङ साझेदारी पनि भएको थियो । त्यस्तै अष्ट्रेलिया लागि बलिङमा एडम जाम्पाले ४ विकेट, मार्कस स्टोइनिस र प्याट कमिन्सले २ तथा मिचेल स्टार्क र जोस हेजलवुडले १–१ विकेट लिए ।

मिचेल स्टार्कले यो खेलमा भलै एक मात्र विकेट लिए, तर उनले यो अवधिमा ठूलो रेकर्ड बनाए । उनी विश्वकपमा सर्वाधिक विकेट लिने बलरको सूचीमा परेका छन् ।

वास्तवमा, एकदिवसीय विश्वकप २०२३ को १८औं खेलमा एडम जाम्पा र मार्कस स्टोइनिसले मध्य ओभरमा विकेट लिएर अस्ट्रेलियालाई जित दिलाएका थिए । मिचेल स्टार्कले १ मात्रै सफलता हात पारे पनि विश्वकपमा सर्वाधिक विकेट लिने हिसाबले शीर्ष ५ मा पुगेका छन् । यस अवधिमा उनले पाकिस्तानका पूर्व लिजेण्ड वसिम अक्रमको कीर्तिमान पनि बराबरी गरेका छन् ।

विश्वकपमा सर्वाधिक विकेट लिने मामलामा वसिम अक्रम (५५) चौथो स्थानमा छन् । पाकिस्तानविरुद्ध विकेट लिएर मिचेल स्टार्कले यो कोसेढुङ्गा पूरा गरेका थिए । विश्वकपमा सबैभन्दा बढी विकेट लिनेमा ग्लेन म्याकग्रा शीर्ष स्थानमा छन्, जसले कुल ७१ विकेट लिएका छन् । दोस्रो स्थानमा ६८ विकेट लिने मुथैया मुरलीधरनको नाम छ ।