९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियमित स्वस्थ यौनसम्बन्धले मुटु बलियो बनाउने !



प्रतिकात्मक तस्बिर
अ+ अ-

एजेन्सी । नियमित रूपमा राखिने स्वस्थ यौनसम्बन्धले मुटुलाई बलियो बनाउने एउटा अध्ययनले देखाएको छ ।

वैज्ञानिकहरूको अध्ययनअनुसार मुटु रोगबाट बँच्न नियमित स्वस्थ यौनसम्बन्ध फाइदाकारी छ । नियमित यौनसम्बन्ध राख्नेहरूमा मुटुको रोग हुने जोखिम अन्यको दाँजोमा आधा हुने अध्ययनमा जनाइएको छ ।

सातामा दुईपटक वा यसभन्दा बढी यौनसम्बन्ध राख्ने पुरुषहरूमा मुटुको रोग हुने सम्भावना ४५ प्रतिशतसम्म कम हुने वैज्ञानिकहरूले अनुसन्धानमा पाएका छन् ।

सातामा एकपटक वा यसभन्दा कम यौनसम्बन्ध राख्ने पुरुषहरूमा मुटुको रोग हुने सम्भावना निकै बढी देखिएको थियो ।

अनुसन्धानमा ४० देखि ७० वर्ष सम्मका १ हजार पुरुषलाई १६ वर्ष अध्ययन गरिएको थियो । जुन पुरुषको यौन आवश्यकता समयमै पूरा हुन्छ उनीहरूको स्वास्थ्य अरूको दाँजोमा राम्रो हुने अनुसन्धानमा औंल्याइएको छ । आफ्नो यौनसाथीसँग बिताएको मायाको क्षण पुरुषलाई भावनात्मक रूपमा फाइदा हुने पनि अनुसन्धानले पुष्टि गरेको छ ।

पुरुषमा समेत रजोनिवृत्ति रजोनिवृत्तिलाई प्रायः महिलाको उमेरसँगै आउने हर्मोनको परिवर्तनको रूपमा हेरिने गरिन्छ । तर हालै भएको एउटा अध्ययनअनुसार यस्तो परिवर्तन पुरुषमा पनि हुन्छ ।

पुरुषमा रजोनिवृत्तिका कारण थकाइ, मनस्थितिमा परिवर्तन, यौनसम्बन्धको इच्छा कम हुनु, कपाल झर्नु, ध्यान केन्द्रीत गर्ने क्षमता कम हुनु र तौल बढनुजस्ता लक्षण देखिन्छन् ।

विशेषज्ञहरूका अनुसार हर्मोनको स्तर कम हुँदा पुरुषमा मानसिक र शारीरिक परिवर्तन देखिन्छ ।

अनुसन्धानअनुसार महिलामा अण्ड (ओभम)उत्पादन क्षमता समाप्त हुनुका साथै हार्मोन उत्पादनमा अपेक्षाकृत तीव्र गतिले कमी आउँछ तर पुरुषमा हर्मोनसम्बन्धी परिवर्तन धेरै विस्तारै हुन्छ । पुरुषमा टेस्टोस्टेरानको स्तरमा ३० वर्षको उमेरदेखि कमी देखिन सुरु हुन्छ, जसको दर प्रत्येक वर्ष एक प्रतिशत हुन्छ । ७० वर्षको पुरुषमा यो हर्मोनको स्तरमा ५० प्रतिशतसम्म कमी आउन सक्छ ।