२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमण तय, कार्तिक १४ मा संसदमा सम्बोधन



महासचिव एन्टोनियो गुटेरेस (फाइल)
अ+ अ-

काठमाडौँ । इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ ।

गत कार्तिक २ गते बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो ।

नेपाल बसाईको क्रममा उहाँले नेपालको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले कार्तिक २ गते संघीय संसद सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसको कार्तिक १४ गते अपरान्ह ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकाले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको पत्र प्राप्त भएको संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीेले जानकारी दिनुभयो । उहाँले महासचिव गुटेरेसको सम्बोधनका लागि सचिवालयले आन्तरिक तयारीको कामलाई शुरु गरिसकेको पनि बताउनु भयो । महासचिव गुटेरेसले सम्बोधन गर्नुहुने सो बैठकमा संवैधानिक निकायका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुलगायतका विशिष्ट सरकारी अधिकारीहरुलाई आमन्त्रण गरिनेछ । प्रवक्ता गिरीले प्रतिनिधि सभा बैठक कार्तिक १२ गते बोलाइएको सो सम्बोधनबारे सोही बैठकमा प्रतिनिधि सभाका सांसदहरुलाई जानकारी गराइने र राष्ट्रिय सभाका लागि सूचना जारी गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसले मिति २०८० कार्तिक १२ देखि २०८० साल १५ गतेसम्म गर्नु हुने नेपालको औपचारिक भ्रमणको कार्यक्रम मन्त्रीपरिषद्बाट स्वीकृत भएको र उक्त भ्रमणको शिलशिलामा उहाँले मिति २०८० कार्तिक १४ गते मंगलवार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले सोका लागि आवश्यक व्यवस्थाका लागि अनुरोध भई सचिवालयलाई पत्र प्राप्त भएको छ । अव संयुक्त राष्ट्र संघका महासचिव महामहिमको सम्बोधनका लागि संयुक्त बैठक बस्नुपर्ने भएकाले सो सम्बन्धि आन्तरिक तयारी गर्छनै । यसबीचमा चाडपर्व पनि परेको छ । दसैं परेको छ । लगत्तै हाम्रो आन्तरिक तयारी पनि शुरु भई नै रहेको छ । त्यसै गरेर अब उहाँको सम्बोधनमा संवैधानिक निकायका प्रमुखहरु, नेपालस्थित विदेशी नियोगका प्रमुखहरुलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गर्ने लगायतका विभिन्न कार्यहरुको तयारी भइरहेको छ ।’

महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघको ७८ औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गर्नुभएको थियो । पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेसको संयुक्त राष्ट्र संघको महासचिवको रुपमा दोस्रो कार्यकाल हो ।