२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हस्तमैथुनले फाइदा गर्छ कि बेफाइदा ?



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । संसारभरका वयश्क महिला र पुरुष दुवैले हस्तमैथुन गर्ने गरेका छन् ।

संसारका धेरै व्यक्तिले जीवनको कुनै न कुनै क्षणमा हस्तमैथुन गर्ने गरेका विभिन्न अध्ययनले देखाएको छ । किशोर अवस्थामा पुगेपछि महिला र पुरुष दुवैले आफ्नो यौन चाहनालाई शान्त पार्न यौनाङ्गमा स्पर्श गरेर आफुलाई नियन्त्रण राख्दछन् ।

विभिन्न प्रकारका अध्ययनले हस्तमैथुनले स्वास्थ्यमा नकरात्मक असर गर्दैन भन्ने बताउँदै आएका छन् । स्वास्थ्यका लागि समेत यसलाई राम्रो मानिन्छ ।

हरेक युवा युवतीमा १७ वर्षपछि हस्तमैथुन गर्ने इच्छा बढेर जान्छ । हस्तमैथुनले तनाव कम गर्ने, शरीरमा खुसीको सञ्चार गर्ने र हर्मोनलाई सन्तुलन राख्न मद्दत गर्छ । केहीले यसलाई निद्राको औषधि पनि भन्ने गरेका छन् ।

पुरुषको तुलनामा महिलालाई हस्तमैथुन गर्न असजिलो हुने गर्छ । गुप्तांगमा चोट समेत लाग्न सक्ने हुनाले महिलाले हस्तमैथुन गर्दा सुरक्षित तरिकाले गर्नुपर्छ ।