२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हस्तमैथुनले फाइदा गर्छ कि बेफाइदा ?



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । संसारभरका वयश्क महिला र पुरुष दुवैले हस्तमैथुन गर्ने गरेका छन् ।

संसारका धेरै व्यक्तिले जीवनको कुनै न कुनै क्षणमा हस्तमैथुन गर्ने गरेका विभिन्न अध्ययनले देखाएको छ । किशोर अवस्थामा पुगेपछि महिला र पुरुष दुवैले आफ्नो यौन चाहनालाई शान्त पार्न यौनाङ्गमा स्पर्श गरेर आफुलाई नियन्त्रण राख्दछन् ।

विभिन्न प्रकारका अध्ययनले हस्तमैथुनले स्वास्थ्यमा नकरात्मक असर गर्दैन भन्ने बताउँदै आएका छन् । स्वास्थ्यका लागि समेत यसलाई राम्रो मानिन्छ ।

हरेक युवा युवतीमा १७ वर्षपछि हस्तमैथुन गर्ने इच्छा बढेर जान्छ । हस्तमैथुनले तनाव कम गर्ने, शरीरमा खुसीको सञ्चार गर्ने र हर्मोनलाई सन्तुलन राख्न मद्दत गर्छ । केहीले यसलाई निद्राको औषधि पनि भन्ने गरेका छन् ।

पुरुषको तुलनामा महिलालाई हस्तमैथुन गर्न असजिलो हुने गर्छ । गुप्तांगमा चोट समेत लाग्न सक्ने हुनाले महिलाले हस्तमैथुन गर्दा सुरक्षित तरिकाले गर्नुपर्छ ।