२१ मंसिर २०८२, आईतवार
,
Latest
मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँसँगै बढे पर्यटक



फाईल फोटो
अ+ अ-

चितवन । ढिलो चाडपर्व सुरु हुँदा पर्यटकीय याम पनि ढिलो गरी सुरु भएको छ । विगतका वर्षमा असोजबाट पर्यटकको चहलपहल बढ्ने यहाँ यस वर्ष कात्तिक लागेपछि मात्रै बढेका छन् ।

पछिल्ला दिनमा पर्यटकीय क्षेत्र सौराहासँगै भरतपुरका पर्यटकीय होटलमा पर्यटकको चहलपहल निकै बढेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार कात्तिक लागेसँगै पर्यटकको चहलपहल निकै बढेको हो । दसैँको पूर्णिमासम्म २० हजारभन्दा बढी पर्यटकले बुकिङ गरिसकेका छन् । यो क्रमश: बढ्दै गएको उहाँले बताउनुभयो ।

अहिले बुकिङ भएका पर्यटक ३० देखि ३५ प्रतिशत युरोपियन, २० देखि २५ प्रतिशत चिनियाँ, १५ प्रतिशत हाराहारी भारतीय र अन्य आन्तरिक रहेका छन् । दसैँभर सौराहाका होटल ८५ देखि ९० प्रतिशत बुकिङ हुने उहाँको अनुमान छ । उहाँले भन्नुभयो, “ढिलो गरी पर्यटकको आगमन आशालाग्दो गरी बढेको छ ।” सौराहामा एक सय ३६ वटा होटलमा छ हजार दुई सय बेड छन् ।

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेले आन्तरिक र विदेशी पर्यटकको आगमन निकै राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँ, तिहार वरिपरि राम्रो हुने सङ्केत देखिएको छ ।” कात्तिक महिनामा दसैँ धमाका भनेर घिमिरेको जङ्गल सफारी लजले दुई रात तीन दिनको रु१२ हजारको प्याकेजसमेत ल्याएको छ । घिमिरेले भन्नुभयो, “यस वर्ष ढिलो गरी पर्यटकीय यामसुरु भएको छ, पर्यटकको आशालाग्दो उपस्थिति छ ।”

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडा होटलमा बस्ने र घुमेर फर्किने पर्यटकका कारण रेष्टुरेन्टमा चहलपहल बढेको बताउनुहुन्छ । सौराहामा चितवन राष्ट्रिय निकुञ्ज प्रवेशसमेत खुलेको छ । यसले पनि पर्यटकको सङ्ख्या बढेको अनुमान छ ।होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले कात्तिकमा ५० प्रतिशत र मङ्सिरमा पूरै बुकिङ भइसकेको बताउनुभयो । पर्यटकको सङ्ख्या बढ्दो रहेको उहाँको भनाइ छ ।

यता भरतपुरको पटिहानीमा गत सातादेखि नै पर्यटकको चहलपहल बढेको छ । होटल जङ्गल भिल्ला पटिहानीका सञ्चालक गणेश पौडेलका अनुसार दसैँको समयमा ८० देखि ९० प्रतिशत बुकिङ हुने देखिएको छ । गत साता ९० प्रतिशत बुकिङ थियो । अहिले ६० प्रतिशतभन्दा माथि बुकिङ रहेको उहाँले बताउनुभयो । पटिहानीमा सातवटा पर्यटकीय होटल छन् ।

यस्तै पर्यटकीय क्षेत्र मेघौलीमा पनि पर्यटकको सङ्ख्या उल्लेख्य रहेको व्यवसायी बताउँछन् । मेघौलीमा तीनवटा ठूला पर्यटकीय होटल, केही साना होटल र घरबास (होमस्टे) पनि रहेका छन् । मैघौलीमा रहेको साराङ वाइल्डलाइफ सेन्चुरीका सञ्चालक सुवोध प्रधानले यस क्षेत्रमा पनि पर्यटकको चहलपहल बढेको बताउनुभयो । पछिल्ला दिनमा पर्यटकको आगमन र बुकिङ बढ्दै गएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज प्रवेशका लागि सौराहा, पटिहानी, मेघौली, जगतपुरलगायत निकुञ्ज आसपासका पर्यटकीय होटलमा पर्यटक आउने गर्दछन् । निकुञ्जमा दुर्लभ वन्यजन्तु अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक आउँछन् । रासस