१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत
तपाईं के खोज्दै हुनुहुन्छ ?

टि२० आई सिरिज: नेपालले आज हङकङसँग खेल्दै



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टि२० आई सिरिजमा घरेलु टोली नेपालले आज हङकङसँग खेल्दैछ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनलागेको खेल दिउँसो ११ बजेबाट सुरु हुनेछ ।

आज नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो ।

हिजो युएईलाई हराउन दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले ९३ रनको साझेदारी गरेका थिए । यस्तै, तीव्र गतिका बलर करण केसीले ३ र गुलशन झाले २ विकेट लिएका थिए।

नेपालको टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जि.सी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल ।

हङकङको टोली:

निजाकत खान(कप्तान), अदित गोरावारा, अजिज खान, आयुश शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, मोहम्मद गजानफार, हरुन अर्शद, नसरुल्लाह राना, मार्टिन कोट्जी, राग कपुर, स्कट म्याकेन्जी, यासिम मुर्तजा, जिशान अली ।