४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

काङ्ग्रेस परित्याग गरि राप्रपा नेपाल प्रवेश गरेका कार्की बने महामन्त्री



अ+ अ-

काठमाडौं । नेपाली काङ्ग्रेस परित्याग गरि कास्की काङ्ग्रेसका नेता कृष्ण कार्की राप्रपा नेपाल प्रवेश गरेका छन् ।

कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् । पोखरामा ब्यबसायी र समाजसेबीको पहिचान बनाएका कार्की नेपाली काङ्ग्रेसको महासमिति सदस्य दिए । काङ्ग्रेसको बार्हौ महाधिवेशनमा कार्की केन्द्रीय कोषाध्यक्ष पदमा निर्बाचन समेत लडेका थिए ।

महामन्त्री पदमा मनोनयन गरेपछी अध्यक्ष थापाले उहाँलाई पार्टीको महामन्त्रीको जिम्मेवारी दिन पाउँदा खुसी लागेको र कार्कीको प्रवेशले राप्रपा नेपाललाई देशको अग्रणी शक्ति बनाउने अभियानमा योगदान पुग्ने बिश्वास समेत लिएको सामाजिक संजाल मार्फत प्रतिक्रिया दिएका छन् ।

दशै लगत्तै पोखरामा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने तयारी रहेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।