२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखको प्रश्न: हामी सामन्तवादकै सिको त गरिरहेका छैनौँ



file photo
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले उच्च तहका नेता र पदाधिकारी बोलाएर कार्यक्रमको उद्घाटन गर्नु सामन्तवादकै सिको भएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा फोटो पत्रकार केशवराज थोकरद्वारा लिखित पुस्तक लाइफ इन पेण्डामिकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले उच्च तहका नेता र नेतृत्वमा रहेका व्यक्तिहरुलाई बोलाएर कार्यक्रम उद्घाटन गर्ने परम्परा हटाउन जरुरी रहेको बताउनु भयो । उहाँले पुस्तक विमोचन कार्यक्रममा साहित्यकार वा पत्रकारितामा जीवन बिताउनुभएका लेखकको पुस्तक भएकाले पत्रकारहरु नै प्रमुख अतिथि बनाउन योग्य हुने उहाँको भनाइ थियो । राजतन्त्र हुँदा राजा वा राजाको परिवारहरु विभिन्न ठाउँमा उद्घाटन, शिलान्यास लगायतका कार्यक्रम हुने भन्दै अहिले पनि सोही कुरालाई निरन्तरता दिनु सामन्तवादकै सिको भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुस्तक लोकर्पण कार्यक्रममा म नै किन आउनुपर्‍यो होला ? यो विवेचनाको विषय हो । तपाईहरुले यसमा विवेचना गर्नुस्, निस्कर्ष निकाल्नुस् र एउटा कन्सेप्ट बनाउनुस् । त्यसको मतलव के हो भने म भन्दा अरुलाई बोलाएर यो कामको उद्घाटन गर्नु बेटर हुन्थ्यो । किनभने विगतमा हाम्रो राजतन्त्र हुँदा राजा वा राजाको परिवारहरु विभिन्न ठाउँमा गासिन्थे । विभिन्न ठाउँमा लगेर उहाँहरुलाई उद्घाटन, शिलान्यासका कार्यक्रमहरु अर्थात् कुनै न कुनै रुपबाट गासिन्थ्यो । किनभन्दा त्यो एउटा सेन्टर पावर थियो, पावरको नजिक जान पाइयो भने त्यसले सफलता हासिल गर्न, आइपर्ने समस्या टार्नका लागि त्यसले संरक्षण गर्छ भन्ने सोचबाट त्यो काम हुन्थ्यो ।

र धेरै कामहरु गरिन्थ्यो । अहिले डरलाग्दो महामारी चीनबाट शुरु भएको, त्यस्तो एउटा महामारी, जसबाट नेपाल कमै प्रभावित भयो भन्ने मेरो अनुमान छ । त्यस कितावको लोकर्पण गर्ने काम कोबाट गर्दा राम्रो हुन्थ्यो । मलाई लाग्छ, चन्द्रशेखर कार्कीजीलाई नै प्रमुख अतिथि बनाएर पत्रकारबाट नै प्रकाशित गर्ने र दिनुपर्ने सन्देश दिएर प्रकाशन गरेको भए सायद यो व्यवहारिक हुनुपर्दथ्यो की । प्रेस काउन्सिलको अध्यक्ष हाम्रो बालकृष्णजीलाई प्रमुख अतिथि बनाएर गरेको भएपनि हुन्थ्यो । सामन्तवादलाई अन्त्य गर्नको लागि खेलेको भुमिकामा पत्रकार जगतको भुमिका महत्वपूर्ण छ, तर हामी त्यसकै सिको त गरिरहेका छैनौँ ?’

सभामुख घिमिरेले पुस्तक विमोचन कार्यक्रमको प्रमुख अतिथि पत्रकार वा साहित्यकार बनाएको भए व्यवहारिक हुने बताउनु भयो ।