२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखको प्रश्न: हामी सामन्तवादकै सिको त गरिरहेका छैनौँ



file photo
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले उच्च तहका नेता र पदाधिकारी बोलाएर कार्यक्रमको उद्घाटन गर्नु सामन्तवादकै सिको भएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा फोटो पत्रकार केशवराज थोकरद्वारा लिखित पुस्तक लाइफ इन पेण्डामिकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले उच्च तहका नेता र नेतृत्वमा रहेका व्यक्तिहरुलाई बोलाएर कार्यक्रम उद्घाटन गर्ने परम्परा हटाउन जरुरी रहेको बताउनु भयो । उहाँले पुस्तक विमोचन कार्यक्रममा साहित्यकार वा पत्रकारितामा जीवन बिताउनुभएका लेखकको पुस्तक भएकाले पत्रकारहरु नै प्रमुख अतिथि बनाउन योग्य हुने उहाँको भनाइ थियो । राजतन्त्र हुँदा राजा वा राजाको परिवारहरु विभिन्न ठाउँमा उद्घाटन, शिलान्यास लगायतका कार्यक्रम हुने भन्दै अहिले पनि सोही कुरालाई निरन्तरता दिनु सामन्तवादकै सिको भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुस्तक लोकर्पण कार्यक्रममा म नै किन आउनुपर्‍यो होला ? यो विवेचनाको विषय हो । तपाईहरुले यसमा विवेचना गर्नुस्, निस्कर्ष निकाल्नुस् र एउटा कन्सेप्ट बनाउनुस् । त्यसको मतलव के हो भने म भन्दा अरुलाई बोलाएर यो कामको उद्घाटन गर्नु बेटर हुन्थ्यो । किनभने विगतमा हाम्रो राजतन्त्र हुँदा राजा वा राजाको परिवारहरु विभिन्न ठाउँमा गासिन्थे । विभिन्न ठाउँमा लगेर उहाँहरुलाई उद्घाटन, शिलान्यासका कार्यक्रमहरु अर्थात् कुनै न कुनै रुपबाट गासिन्थ्यो । किनभन्दा त्यो एउटा सेन्टर पावर थियो, पावरको नजिक जान पाइयो भने त्यसले सफलता हासिल गर्न, आइपर्ने समस्या टार्नका लागि त्यसले संरक्षण गर्छ भन्ने सोचबाट त्यो काम हुन्थ्यो ।

र धेरै कामहरु गरिन्थ्यो । अहिले डरलाग्दो महामारी चीनबाट शुरु भएको, त्यस्तो एउटा महामारी, जसबाट नेपाल कमै प्रभावित भयो भन्ने मेरो अनुमान छ । त्यस कितावको लोकर्पण गर्ने काम कोबाट गर्दा राम्रो हुन्थ्यो । मलाई लाग्छ, चन्द्रशेखर कार्कीजीलाई नै प्रमुख अतिथि बनाएर पत्रकारबाट नै प्रकाशित गर्ने र दिनुपर्ने सन्देश दिएर प्रकाशन गरेको भए सायद यो व्यवहारिक हुनुपर्दथ्यो की । प्रेस काउन्सिलको अध्यक्ष हाम्रो बालकृष्णजीलाई प्रमुख अतिथि बनाएर गरेको भएपनि हुन्थ्यो । सामन्तवादलाई अन्त्य गर्नको लागि खेलेको भुमिकामा पत्रकार जगतको भुमिका महत्वपूर्ण छ, तर हामी त्यसकै सिको त गरिरहेका छैनौँ ?’

सभामुख घिमिरेले पुस्तक विमोचन कार्यक्रमको प्रमुख अतिथि पत्रकार वा साहित्यकार बनाएको भए व्यवहारिक हुने बताउनु भयो ।