२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईद्वारा नेपाललाई १४१ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। त्रिकोणात्मक टि–२० आई सिरिजमा यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनायो ।

यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए । अली नासिरले ३२ रन जोडे। हमिद र नासिरले पाचौँ विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए ।

नेपालको लागि करण केसीले चार ओभरमा १९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एक एक विकेट लिए ।

नेपालले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ ।