१५ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईद्वारा नेपाललाई १४१ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। त्रिकोणात्मक टि–२० आई सिरिजमा यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनायो ।

यूएईका लागि बासिल हमिदले सर्वाधिक ५१ रन बनाए । अली नासिरले ३२ रन जोडे। हमिद र नासिरले पाचौँ विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए ।

नेपालको लागि करण केसीले चार ओभरमा १९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । गुल्सन झाले २ तथा अविनाश बोहरा र सोमपाल कामीले समान एक एक विकेट लिए ।

नेपालले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ ।