७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने

बागलुङका सहकारी पीडितलाई दसैँले छोएन

बागलुङका सहकारी पीडितलाई दसैँले छोएन
अ+ अ-

गलकोट । दसैँको रमझमको समयमा सहकारीका बचत पीडित भने दैनिकजसो सडक आन्दोलनमा भेटिन्छन् । उनीहरुलाई दसैँको भन्दा बचतको पिरलो छ । बागलुङका इमेज बचत तथा ऋण सहकारी र शिव शिख बहुउद्देश्यी सहकारी संस्थाले बचत कर्ताको रू साँढे दुई अर्ब रकम उठाएर फरार भएपछि दसैँको समयमा बचत कर्ताको बिचल्ली भएको हो ।

इमेज सहकारीले रू डेढ अर्ब बचत उठाएर फरार भएपछि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीविरुद्ध बचत पीडित राँके जुलुस तथा प्लेकार्डसहित सडकमा धर्ना बसिरहेका छन् । वडादसैँ सुरु भइसके पनि पीडितलाई दसैँले छुन नसकेको बचत पीडितहरुले बताएका छन् । उनीहरु दसैँ लागिसक्दा पनि सडकमै आन्दोलन गरिरहेका छन् ।

इमेज सहकारी बचतकर्ता सङ्घर्ष समितिले सहकारीका अध्यक्ष एवं नगर प्रमुख देवकुमार नेपालीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै मङ्गलबार बागलुङ बजारमा सिठ्ठी जुलुस निकालेको थियो ।

सहकारीले पोखरा र बागलुङमा गरी बचतकर्ताको करिब रू दुई अर्ब फिर्ता नगरेकाले उक्त रकम फिर्ताको माग गर्दै आन्दोलन थालिएको सङ्घर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताउनुभयो । गत जेठ ५ गतेदेखि फरार रहेका नेपालीलाई यथाशीघ्र पक्राउ गरी बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने, इमेज सहकारीलाई समस्याग्रस्त सहकारीको सूचीमा राख्नुपर्ने माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको उहाँले बताउनुभयो ।

“दुखजिलो गरेर बचत गरेको रकम चाडवाडको समयमा फिर्ता नपाउँदा बचत पीडितलाई कस्तो भएको छरु, हामीलाई चाडवाडको भन्दा बचतको पिरलो छ” कार्कीले भन्नुभयो, “छ महिनादेखि चुनौती दिएर फरार भएका नेपालीलाई राज्यले कानुनी दायरामा ल्याउन नसक्नु दु:खद् हो ।” सबैलाई दसैँ लागे पनि बचत कर्तालाई दशा लागेको बताउँदै नेपाली कानुनी दायरामा नआउँदासम्म आन्दोलन जारी रहने उहाँको भनाइ थियो ।

रू डेढ अर्ब रकम हिनामिनापछि भागेका सहकारीका संस्थापक अध्यक्ष एवं ढोरपाटनका नगरप्रमुख देवकुमार नेपाली छ महिनादेखि बेपत्ता छन् ।

नेपालीको खोजीमा राज्यले पहल नगरेको भन्दै पीडितले राज्यको ध्यानाकर्षण गराउन निरन्तर सडक आन्दोलन गरिरहेका छन् । एक हजार सात सयको बचत उठाएर नेपाली फरार भएपछि बचत कर्तालाई दसैँले छुन नसकेको पीडित यामप्रसाद शर्माले बताउनुभयो । “राज्यले पीडितको कुरा सुनेन । फरार रहेका नेपालीलाई पक्राउ गरेर ल्याउन माग गर्दर्छौँ”, उहाँले भन्नुभयो, “चाडवाडको सयमा हामी जस्ता बचतकर्ता सडकमा आउनु परेको छ । हामी जस्ताले राखेको रकमले घर गाडी किनेर मोजमस्ती गर्नेलाई कारबाही गर्न आवशयक छ ।”

गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म नखुलेको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सुरुमा तरलता अभाव देखाएको सहकारीले अन्तत: पैसा हिनामिना पारेपछि बन्द भएको छ ।

उनीविरुद्ध प्रशासनले डेढमहिनाअघि नै गृहमन्त्रालयमा ‘रेडकर्नर नोटिस’ जारी गरिदिन सिफारिससमेत गरेको थियो । रेडकर्नर जारी हुँदा अन्तर्राष्ट्रिय तहमा पनि अभियुक्तको खोजी गर्न सकिने प्रावधान भए पनि अहिलेसम्म रेडकर्नर नोटिस जारी नभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । नेपालीको खोजी कार्य भइरहे पनि अहिलेसम्म उहाँलाई पक्राउ गर्न नसकिएको उहाँले बताउनुभयो । रासस