१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईविरुद्ध नेपालको उत्कृष्ट सुरुवात



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टि–२० आई सिरिजमा नेपालले युएईविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले ७ ओभरमा ३ विकेट गुमाउँदै ३८ रन बनाएको छ ।

अहिले युएईका आसिफ खान र अली नासिर क्रिजमा छन् । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको अन्तिम बलमा ओपनर खलिद शाहलाई शुन्य रनमा आउट गराउदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

करण केसीको चौथो ओभरको पहिलो बलमा एलिशान शराफु ६ रनमा आउट गराएका थिए । उनी विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका थिए ।

यस्तै, युएईका कप्तान मोहम्मद वासिम गरल्शन झाको बलमा १७ रन बनाउदै आउट भए ।