७ आश्विन २०८१, सोमबार
,
Latest
प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ लाओसविरुद्ध नेपालको सुरुवाती–११, टीममा तीन परिवर्तन



अ+ अ-

काठमाडौं । फिफा विश्वकप एसियाली छनोटको दोस्रो लेगमा नेपालले लाओसविरुद्ध सुरुवाती ११ सार्वजनिक गरेको छ । नेपाली टोलीका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपालको सुरुवाती ११ घोषणा गरेका हुन् ।

लाओसको राजधानी भ्येनट्यान स्थित लाओस राष्ट्रिय रंगशालामा हुन लागेको निर्णायक खेल नेपाली समय अनुसार साँझ ५:४५ बजेबाट सुरु हुनेछ ।

अल्बर्टो अनेसेले पहिलो लेगको टोलीमा तीन परिवर्तन गरेका छन् । दिनेश हेन्जन पहिलो पटक सुरुवाती ११ मा अटाएका छन् । उनले आयुष घलानको ठाउँमा खेल्नेछन् । यस्तै मछिन्द्र फूटबल क्लबका उत्सव राई र एरिक विष्टले पनि सुरुवाती ११ मा पुनरागमन गरेका छन् । यी तीनै जना पछिल्लो खेलमा मध्यान्तरमा मैदान प्रवेश गरेका थिए ।

नेपालले गत बिहीबार घरेलु मैदान दशरथ रंगशालामा भएको पहिलो लेगमा १–१ को बराबरी खेलेको थियो । उक्त खेलमा अन्जन विष्टले दोस्रो हाफमा गोल गर्दै नेपाललाई संकटबाट बचाएका थिए । आजको खेलमा जित हासिल गर्ने टोलीले छनोटको दोस्रो चरणमा प्रवेश गर्ने छ। आजको खेल जितेमा नेपालले अर्को चरणमा बलियो प्रतिद्वन्दी संग प्रतिस्पर्धा गर्नेछ । त्यसैले नेपाली फुटबल टीमको लागि आजको खेल महत्वपूर्ण रहेको छ ।

यसपाली अवे गोलको नियम नरहेको हुँदा खेल बराबरी भएमा ३० मिनेटको समय थप गरिनेछ । त्यसले पनि खेलको निर्णय हुन नसके खेलको नतिजा पेनाल्टी सुटआउटबाट निस्कनेछ ।

फिफा वरियतामा लाओस एक सय ८६औँ र नेपाल एक सय ७५औँ स्थानमा छन् ।

नेपालको सुरुवाती ११:

किरण चेम्जोङ्ग (कप्तान), सनिश श्रेष्ठ, अनन्त तामाङ्ग, रोहित चन्द, एरिक विष्ट, लाकेन लिम्बु, उत्सब राई , मनिष डाँगी, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, अन्जन विष्ट ।