८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० र जिउँदो च्याङ्ग्राको १२ सय ५० रुपैयाँ (भिडियोसहित)

जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० र जिउँदो च्याङ्ग्राको १२ सय ५० रुपैयाँ (भिडियोसहित)
अ+ अ-

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलवारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न शुरु गरेको छ ।

व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा सोमवार काठमाडौंमा ल्याएसँगै मंगलवारदेखि सहुलियत मूल्यमा बिक्री शुरु गएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले व्यापार कम्पनीले बजार मूल्य भन्दा केही सस्तो मूल्यमा जनतालाई सहुलियत रुपमा खसीबोका बिक्री गर्न लागेको बताउनु भयो ।

उहाँले यो वर्ष ढुवानी भाडा महँगो भएपनि मूल्य वृद्धि नगरिएको बताउनु भयो । उहाँले विगतको वर्षको जस्तै प्रतिकिलो जिउँदो खसीबोका र च्याँग्राको मूल्यमा १० रुपैयाँ छुट दिएर बिक्री गर्न लागेको बताउनु भयो । उहाँले कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र जिउँदो च्याङ्ग्राको मूल्य १२ सय ५० रुपैयाँ प्रतिकिलो तोकिएको बताउनु भयो । उहाँले खाद्यले यो वर्ष पनि २ हजार खसीबोका र १ हजार च्याङ्गा ल्याएको बताउनु भयो । उहाँले खाद्यले ल्याएका खसीबोका स्वास्थ्य परीक्षण गरेर ल्याउने भएकाले स्वस्थ रहेको बताउनु भयो । प्रमुख कार्यकारी अधिकृत चन्दले यो वर्ष हेटाँैडा र तुलसीपुरबाट खसीबोका र रसुवाबाट च्याङ्ग्रा ल्याएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो वर्ष सरकारले २ हजार खसीबोका र एक हजार च्याङ्ग्रा ल्याउने बजेट थियो । त्यही बजेट अनुसार हेटौडाबाट र तुलसीपुर दाङबाट खसी बोका खरिद गरेर ल्याई रहेका छौं । धेरै जसो आईपुगि सकेको छन् । त्यस्तै च्याङ्ग्रा पनि आईसकेको छन् । खसीबोका र च्याङ्ग्राको मूल्यको कुरा गर्दा ढुवानी भाडामा वृद्धि भए पनि जनतालाई सहुलियत होस् भनेर गत वर्षकै दरमा हामीले मूल्य निर्धारण गरेका छौं । त्यही अनुसार बिक्रिवितरण भइरहेको छ । खाद्यले खसी बोका खरिद गर्दा भेटनरी डाक्टरको रोहवरमा खरिद गछौं । खाद्यमा आइपछि डाक्टरले चेकजाँच गर्नु हुन्छ । अस्वस्थ खसी बोका भए बिक्रीवितरण गर्दैनौं ।’

‘हेटौडा र दाङबाट ल्याएका खसीबोकाको रङ फरक लगाएका छौं । विगतमा सहकारी मार्फत धादिङबाट ल्याएका थियौं । तर यो वर्ष धादिङबाट ल्याउने सम्भावना कम भएर दाङबाट ल्याएका छौं । अहिले आएका खसीहरु स्वस्थ रहेका छन् । यो वर्ष खसीबोकामा मूल्यवृद्धि गरेका छैनौं । बजार मूल्य भन्दा धेरै कम छ । बजारमा च्याङ्गा १४ सय रुपैयाँमा बिक्री भइरहेको छ भने १२५०मा बिक्री वितरण गरेका छौं । बजारमा खसीको ७ सय रुपैयाँ माथि छ तर हामीले ६७० रुपैयाँमा दिएका छौं । सरकारले बजारको मागलाई भन्दा पनि बजार मूल्य वृद्धि हुन नदिनको लागि आफै खसी बोका खरिद गरेर बिक्रीवितरण गरिएको हो । दशैँमा सबै खसीबोका र च्याङ्ग्रा बिक्री नभएसम्म बिक्री गर्छौं ।’

उहाँले सरकारले बजारको मागलाई पूरा गर्न भन्दा पनि बजार मूल्यवृद्धि हुन नदिनको लागि आफैँ खसी बोका खरिद गरेर बिक्री वितरण गरिएको बताउन भयो। उहाँले दशैंमा सबै खसीबोका र च्याङग्रा बिक्री नभए निरन्तर बिक्री गरिरहने बताउनु भयो ।