७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

‘प्रिय मित्र’ सि लाई भेट्न पुटिन चीनमा

‘प्रिय मित्र’ सि लाई भेट्न पुटिन चीनमा
अ+ अ-

बेइजिङ ।इजराइल–हमास युद्धले ओझेलमा परेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) शिखर सम्मलेनमा आपसी सम्बन्धलाई बलियो बनाउन तथा आफ्ना ‘प्रिय मित्र’ चिनियाँ राष्ट्रपति सि जिनपिङलाई भेट्न मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन आइपुग्नुभएको छ ।

चीनले यसै साता राष्ट्रपति सि को व्यापार तथा पूर्वाधार बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई०को शिखर सम्मेलनमा भाग लिन आउने एक सय ३० देशका प्रतिनिधिहरूलाई स्वागत गरेको छ । अतिथिको शीर्ष सूचीमा पुटिन हुनुहुन्छ । युक्रेनमाथि रुसको आक्रमणले आफ्नो शासन अन्तर्राष्ट्रियरूपमा एक्लिएपछि प्रमुख विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश भ्रमण हो ।

क्रेमलिनका अनुसार बीआरआई फोरमका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सिसँग भेटवार्ता गर्नुहुनेछ । इजराइल र प्यालेस्टिनी लडाकू समूह हमासबीचको युद्ध सुरु भएपछि बीआरआई शिखर सम्मेलनलाई छायाँमा पारेको छ ।

“वार्ताका क्रममा अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूलाई विशेष ध्यान दिइने छ”, क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ ।

यही अक्टोबर ७ मा इजराइलको इतिहासमै हमासले घातक हमला गरेपछि अमेरिकाको नेतृत्वमा पश्चिमा मुलुकहरूले इजराइलको पक्षमा आफ्नो उपस्थिति देखाउँदै आएका छन् । हमासले गरेको उक्त आक्रमण अधिकांश सर्वसाधारणसहित एक हजार चार सयभन्दा बढीको मृत्यु भएको थियो ।

अमेरिकाले चीनलाई आफ्नो ‘प्रभाव’ प्रयोग गरेर युद्धलाई घटाउन आग्रह गरेको छ । हमासको आक्रमणको बदला लिन गाजापट्टीमा बमबारी सुरु गरेपछि १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडेर भागेका छन् ।

यसै वर्षको सुरुमा चीनले पूर्व क्षेत्री शत्रुहरू इरान र साउदी अरेबियाबीच मध्यस्थता गरेको थियो । साथै इजराइल–हमास द्वन्द्वको युद्धविराम गर्न र शान्ति वार्तालाई अघि बढाउन विशेष दूत झाई जुनले यसै साता मध्यपूर्व पठाएको छ । यद्यपि चीनको सरकारी प्रसारक संस्था सिसिटिभीले मध्यपूर्वको झाईले कुन मुलुकको भ्रमण गर्नुहुने हो भन्ने केही उल्लेख गरेको छैन ।

परम्परागतरूपमा इजराइल र प्यालेस्टिनी अधिकारीहरूसँग राम्रो सम्बन्ध राखेको रुसले तत्काल युद्धविरामका लागि आह्वान गरेको छ ।

बेइजिङमा रुसी राष्ट्रपति पुटिन चीनसँग पहिलेदेखि मजबुत भएको सम्बन्धलाई अझ बलियो बनाउने अभियानमा हुनुहुन्छ तर विज्ञहरूका अनुसार चीनसँगको सम्बन्धमा मस्को तीव्ररूपमा सानो साझेदार बनिरहेको छ ।

चीन रुसको सबैभन्दा व्यापारिक साझेदार मुलुक हो । गत वर्ष यी दुई मुलुकबीचको व्यापार एक खर्ब ९० अर्ब डलर पुगेको बेइजिङ भन्सार तथ्याङ्कले देखाएको छ ।

युक्रेन युद्धमा बेइजिङको धारणाप्रति पश्चिमा मुलुकहरूले चीनको आलोचना गर्दै आएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेकामा चीनले मस्कोको आलोचना गर्न अस्वीकार गरेको छ र आफू यस मामिलामा तटस्थ रहेको बताउँदै आएको छ ।

बीआरआईले पुटिन र सिलाई उनीहरूको गठबन्धनलाई प्रदर्शन गर्ने नयाँ अवसर दिए पनि विज्ञहरूले दुई मुलुकबीच कुनै नयाँ ठूलो सम्झौताको घोषणा नहुने अपेक्षा गरेका छन् ।

“चीनले उच्च प्रचारका लागि कुनै पनि सम्झौतामा हस्ताक्षर गर्न मान्ने छैन भन्ने रुसलाई थाहा छ”, कार्नेगी रसिया युरेसिया सेन्टरका निर्देशक अलेक्जेन्डर गाबेयेभले भन्नुभयो, “सबै कार्ड चीनको हातमा छ ।”

‘साथीहरूको पुनर्मिलन’
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सिले चिलीका राष्ट्रपति ग्याब्रियल बोरिक र कजाकस्तानका राष्ट्रपति कासिम–जोमर्ट टोकायेभसँग भेटवार्ता गरेर मङ्गलबार बीआरआई फोरमको सुरुआत गर्नुभएको थियो ।

शिखर सम्मेलन सुरु हुनुभन्दा अघि चीन र रुसका उच्च कूटनीतिज्ञहरूले सोमबार बेइजिङमा भेट गर्दा एउटै गीत गाएका थिए । मस्कोका अनुसार पुटिनलाई शिखर सम्मेलनको ‘प्रमुख अतिथि’का रूपमा आमन्त्रित गरेकामा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले चीनलाई धन्यवाद दिनुभएको थियो । पुटिनले चीनपछि उत्तर कोरियाको भ्रमण गर्नुहुने जनाइएको छ ।

आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको भेटमा रुसी विदेशमन्त्री लाभरोभले पुटिन र सिले यसै हप्ता भेट हुँदा दुई मुलुकबीच ‘सम्पूर्णरूपमा’ छलफल गर्ने बताउनुभयो । जवाफमा वाङले बीआरआईमा रुसको समर्थनप्रति ‘आभार’ प्रकट गर्नुभयो । रासस