• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

मुम्बईममा प्रिमियर हुँदै ‘चिसो घर’



काठमाडौँ । मुम्बई चलचित्र महोत्सव–२०२३ मा नेपाली चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर)को लागि छनोट भएको छ । महोत्सव कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुनेछ ।
एभरेष्ट फिल्म एकेडेमीबाट चलचित्र अध्ययनमा डिप्लोमा गर्नुभएकी विदुर्षी गिरीले लेखनसँगै निर्देशन गर्नुभएको छोटो चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर)को लागि छनोट भएको हो । सामाजिक कथा वस्तुमा आधारित उक्त चलचित्र ११ मिनेट लामो छ ।
“मैले गरेको पहिलो काम नै अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुँदा उत्साहित छु । विश्वभरका चलचित्रकर्मीसँग ज्ञान र अनुभव साट्नुका साथै त्यहाँ चलचित्र हेर्न र आफ्नो चलचित्रको प्रतिक्रियाका निमित तयार छु”, निर्देशक गिरीले भन्नुभयो । उहाँका अनुसार ‘फोकस साउथ एसिया’ विधा अन्तर्गत चलचित्र छनोट भएको हो ।
चलचित्रमा सोनिका शाही ठकुरी, सरिता गिरी, लोकेन्द्र लेखक, सुवास बम्जन, मारिया कार्कीलगायतका कलाकारले अभिनय गर्नुभएको छ । सोही महोत्सवमा चलचित्र ‘गाउँ आएको बाटो’ ‘साउथ एसिया प्रिमियर’ हुँदैछ । महोत्सवमा ‘द रेड सुटकेस’ र ‘गुराँस’ साउथ एसिया कम्पिटिसनअन्तर्गतको प्रतिस्पर्धामा छन् ।
महोत्सवमा दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुरः द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ । छोटो चलचित्रको विधामा आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स’ पनि प्रतिस्पर्धामा छ ।
महोत्सवमार्फत नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियकरण हुन सहयोग मिलेको जानकार बताउँछन् । महोत्सवमा ७० देशका दुई सय ५० चलचित्र प्रतिस्पर्धामा छन् । रासस