६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भारतले पाकिस्तानलाई बच्चालाई जसरी चुट्यो’



अ+ अ-

एजेन्सी । आईसीसी विश्वकप २०२३ मा टिम इन्डियाले पाकिस्तानलाई एकतर्फी रुपमा ७ विकेटले हराएको थियो । विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियममा रोहितको टिमको अगाडि बाबर आजमको टोली पराजित भएको थियो ।

बाबर–रिजवान बाहेक टोलीका ब्याट्सम्यानले केही अचम्मको देखाउन सकेनन् न त बलरको बलिङमा कुनै धार देखियो । यसैबीच पाकिस्तानको लज्जास्पद हारमा पाकिस्तानी पूर्व क्रिकेटर शोएब अख्तरको ठूलो बयान आएको छ । शोएब भन्छन्, ‘भारतीय टोलीले पाकिस्तानलाई बच्चालाई जसरी चुट्यो ।’

यसो भन्छन् शोएबः

आफ्नो युट्युब च्यानलमा पाकिस्तानको हारको बारेमा बोल्दै शोएब अख्तरले भने, ‘मलाई विश्वास लाग्न थालेको छ कि भारत २०११ को विश्वकपको प्रदर्शन दोहोर्याउन सफल हुनेछ । सेमिफाइनलमा कुनै गल्ती नगर्ने हो भने मात्रै टिम इन्डिया यो म्याच जित्छ । विश्वकप जित्न सक्छ । राम्रो गर्‍यो टीम इन्डिया । हामीलाई (पाकिस्तान) पूर्ण रूपमा नष्ट गरियो । धेरै निराशाजनक प्रदर्शन ।’

शोएबले रोहित शर्माको तारिफ गरेका छन् । उनले भने, ‘रोहित शर्मा एक्लैले सबैभन्दा ठूलो हिट लगाए । मलाई थाहा छैन रोहित पछिल्ला केही वर्षहरूमा कहाँ थिए । उनी एक ठूला खेलाडी हुन् र विभिन्न किसिमका शटहरू खेल्न सक्छन् । भारतले पाकिस्तानलाई बच्चालाई जस्तै हरायो । हेर्न चाहन्न । देख्न सकिन । रोहित शर्माले निर्दयी ढंगले चुटे ।’