• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

यस्तो छ सलमानको ‘टाइगर ३’ को ट्रेलर (भिडियो)



एजेन्सी । बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘टाइगर ३’ को ट्रेलरको लागि फ्यानहरुको प्रतिक्षाको अन्त्य भएको छ ।

६ वर्षपछि बलिउडका ‘दबंग खान’ सलमान खान फेरि फिल्मी पर्दामा ‘र’ एजेन्ट अविनाश सिंह राठौरको भूमिकामा फर्किएका छन् र उनीसँगै पर्दामा उनको जोया अर्थात् कट्रिना कैफ पनि आएकी छन् ।

यशराज ब्यानरमा निर्माण भएको यस चलचित्रमा सलमान खान फेरि एकपटक टाइगरको भूमिका निर्वाह गरेका छन् । दीपावलीमा रिलिज हुने यस फिल्मबाट ‘टाइगरको सन्देश’ आएदेखि नै फ्यानहरु यसको ट्रेलर हेर्न आतुर थिए ।

टाइगर–३ को यो २ मिनेट ५१ सेकेण्डको ट्रेलर निकै प्रभावशाली छ । ट्रेलर बाइकमा सवार टाइगर उर्फ र एजेन्ट अविनाश सिंह राठौरको शक्तिशाली कार्यबाट सुरु हुन्छ, जहाँ उसले आफ्नो देशको सुरक्षाको लागि शत्रुलाई घातक हमला गरेको देखिन्छ ।

ट्रेलरमा टाइगरलाई कमजोर बनाउनका लागि उनका शत्रुहरूले उनको सबैभन्दा ठूलो कमजोरीमाथि आक्रमण गर्ने प्रयास गरेको देखाइएको छ । कसरी टाइगरबाट बदला लिन झुकेका इमरान हाश्मीले टाइगरबाट आफ्नो परिवारको मृत्युको बदला लिन्छन् र आफ्नो परिवार जोया र उनको छोरालाई निशाना बनाउँछन् ।

आफ्नो परिवार र देश दुवैका लागि ज्यान जोखिममा पारेका टाइगरले यसपटक कसलाई रोज्ने भन्नेमा मेकर्सले फ्यानलाई उत्साहित बनाएका छन् ।

अब इमरान हाश्मी पनि सलमान खान र कट्रिना कैफ स्टारर फिल्म ‘टाइगर–३’ को हिस्सा बनेका छन्, जो फिल्ममा मुख्य खलनायकको भूमिकामा देखिएका छन् । इमरान हाश्मीले आफ्नो खलनायकको लुक, हिड्ने र स्टाइलमा आफ्नो चरित्रलाई पूर्ण न्याय गरेको देखिन्छ । यो फिल्ममा उनको अहिलेसम्मको सबैभन्दा फरक लुक हो ।