४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

यस्तो छ सलमानको ‘टाइगर ३’ को ट्रेलर (भिडियो)

यस्तो छ सलमानको ‘टाइगर ३’ को ट्रेलर (भिडियो)
अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘टाइगर ३’ को ट्रेलरको लागि फ्यानहरुको प्रतिक्षाको अन्त्य भएको छ ।

६ वर्षपछि बलिउडका ‘दबंग खान’ सलमान खान फेरि फिल्मी पर्दामा ‘र’ एजेन्ट अविनाश सिंह राठौरको भूमिकामा फर्किएका छन् र उनीसँगै पर्दामा उनको जोया अर्थात् कट्रिना कैफ पनि आएकी छन् ।

यशराज ब्यानरमा निर्माण भएको यस चलचित्रमा सलमान खान फेरि एकपटक टाइगरको भूमिका निर्वाह गरेका छन् । दीपावलीमा रिलिज हुने यस फिल्मबाट ‘टाइगरको सन्देश’ आएदेखि नै फ्यानहरु यसको ट्रेलर हेर्न आतुर थिए ।

टाइगर–३ को यो २ मिनेट ५१ सेकेण्डको ट्रेलर निकै प्रभावशाली छ । ट्रेलर बाइकमा सवार टाइगर उर्फ र एजेन्ट अविनाश सिंह राठौरको शक्तिशाली कार्यबाट सुरु हुन्छ, जहाँ उसले आफ्नो देशको सुरक्षाको लागि शत्रुलाई घातक हमला गरेको देखिन्छ ।

ट्रेलरमा टाइगरलाई कमजोर बनाउनका लागि उनका शत्रुहरूले उनको सबैभन्दा ठूलो कमजोरीमाथि आक्रमण गर्ने प्रयास गरेको देखाइएको छ । कसरी टाइगरबाट बदला लिन झुकेका इमरान हाश्मीले टाइगरबाट आफ्नो परिवारको मृत्युको बदला लिन्छन् र आफ्नो परिवार जोया र उनको छोरालाई निशाना बनाउँछन् ।

आफ्नो परिवार र देश दुवैका लागि ज्यान जोखिममा पारेका टाइगरले यसपटक कसलाई रोज्ने भन्नेमा मेकर्सले फ्यानलाई उत्साहित बनाएका छन् ।

अब इमरान हाश्मी पनि सलमान खान र कट्रिना कैफ स्टारर फिल्म ‘टाइगर–३’ को हिस्सा बनेका छन्, जो फिल्ममा मुख्य खलनायकको भूमिकामा देखिएका छन् । इमरान हाश्मीले आफ्नो खलनायकको लुक, हिड्ने र स्टाइलमा आफ्नो चरित्रलाई पूर्ण न्याय गरेको देखिन्छ । यो फिल्ममा उनको अहिलेसम्मको सबैभन्दा फरक लुक हो ।