२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

दशैँ लागेसँगै बजारमा किनमेल गर्ने ग्राहकहरुको भीड – फोटोफिचर

दशैँ लागेसँगै बजारमा किनमेल गर्ने ग्राहकहरुको भीड – फोटोफिचर
अ अ+ अ-

काठमाडौँ । दशैँ लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैँको लागि किनमेल गर्ने ग्राहकहरुको भीड लाग्‍न थालेको छ ।

काठमाडौंको असन, न्युरोड र भोटाहिटी लगायतका क्षेत्रका बजारमा सामान किन्‍ने ग्राहकहरुको भीड लाग्न थालेको छ । विगतको वर्षहरुको जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको व्यापारीहरुले बताएका छन् । तर दशैँको लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्दा व्यापारीहरुलाई केही राहत मिल्ने आशा जगाएको उनीहरुको भनाई छ । व्यपारीहरुले बजारमा आर्थिक मन्दीको कारण ग्राहकहरुको क्रय शक्ति कदमै कमजोर रहेको देखिएको व्यवसायीहरुले बताए । उनीहरुले दशैँ लागेसँगै व्यापार बढेको थालेको पनि बताए ।

उनीहरुले अझ सरकारी छुट्टी भएपछि ग्राहकहरु बढ्ने आशामा व्यवसायीहरु रहेको बताए । आर्थिक मन्दीले ग्राहकहरुको क्रयशक्तिमा कमी आएकाले दशैँमा ग्राहकहरुको रोजाइमा सस्तो सामान पर्न थालेको व्यवसायीहरुको भनाई छ । व्यापारीहरुले न्युरोड लगायतका क्षेत्रमा भित्र बिक्री नहुँदा बाहिर फुटपातमा सामान राखेर बिक्री गर्नुपरेको बताए । नेपाल राष्ट्रिय व्यापार महासंघ पूर्वअध्यक्ष नरेश कटुवालले होलसेल बजारबाट प्रशस्त सामानहरु बिक्री भएपनि खुद्रा बजारमा धेरै चहलपहल नदेखिएको बताउनु भयो । उहाँले आर्थिक मन्दीको कारण मानिसहरुको रोजगार गुमेकाले तल्लो तहमा मन्दी रहेको बताउनु भयो ।

उहाँले क्रयशक्ति कम भएकाले दशैँमा मानिसहरुको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको बताउनु भयो । पूर्वअध्यक्ष कटुवालले होलसेल बजारमा बिक्री वृद्धि भएकाले दशैँ लागेसँगै बजारमा ग्राहक बढ्ने र व्यापार वृद्धि हुने आश पलाएको उल्लेख गर्नुभयो । उहाँले यो वर्षको दशैँमा करिव ५० प्रतिशत व्यापार हुने अपेक्षा रहेको भन्दै घटस्थापनादेखि फूलपातीको दिनसम्म धैर्य गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले दुई दिनदेखि बजारमा मानिसहरुको भीडभाड रहेको तर आर्थिक मन्दिको कारण सामान्य चल्ने किसिमले मात्रै खरिद गर्ने गरेको बताउनु भयो । उहाँले होलसेल बजारमा सामान खरिद गर्नेहरुको भने चहलपहल रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘न्युरोड लगायतका होलसेल बजारमाबाट दशैँका लागि सामानहरु बाहिर गएको छ । तर खुद्रा बजारमा सुनसान जस्तै छ । मानिसहरुको रोजगारी समेत गुमेकाले तल्लो तहका मानिसहरुसँग पैसा छैन । आर्थिक मन्दिको कारणले दशैँमा हुनुपर्ने उत्साह देखिएको छैन । होलसेल बजारमा व्यापार केही वृद्धि भएकाले व्यापार वृद्धि हुने थारै आश पलाएको छ । क्रयशक्ति कम भएकाले दशैंमा मानिसहरुको विगतको जस्तो किनमेलमा उत्साह नदेखिएको छैन । यो वर्षको दशैंमा करिव ५० प्रतिशत व्यापार हुने अपेक्षा रहेको भन्दै घटस्थापना देखि फुलपातीको दिनसम्म हेर्न बाँकी छ । दुई दिनदेखि बजारमा मानिसहरुको भीडभाड रहेको तर आर्थिक मन्दिको कारण सामान्य चल्ने किसिमले मात्रै खरिद गर्ने गरेका छन् ।’

त्यस्तै,राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरु विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने भन्ने अवस्था आएको बताउनु भयो । उहाँले उपभोग गर्ने युवाहरु श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको बताउनु भयो । उहाँले न्युरोड लगायतका क्षेत्रमा भित्र सटरमा रहेको सामानहरु बाहिर ल्याएर सेलमा बिक्री गरिरहेको बताउनु भयो । उहाँले पसलका सामानहरु ‘सेल’मा राखेपछि ग्राहकहरुको भीड देखिएको बताउनु भयो ।

उहाँले व्यापारीहरुमा पनि आर्थिक मन्दि भएको कारण २ हजारको सामान सेलमा रोखेर २ सयसम्म बिक्रि गरिरहेको बताउनु भयो । उहाँले मन्दीका कारण ग्राहकहरु पनि सस्तो सामान नै बढी किनिरहेको बताउनु भयो । उहाँले व्यापारीहरु भएको सामान दशैँमा सेलमा राखेर स्टक सक्ने दशैँपछि त्यतिकै बस्ने मनस्थिति समेत बनाइरहेको बताउनु भयो ।

उहाँले मन्दीकै कारण खुद्रासहित फुटपाथ र होलसेल पसलहरुमा पनि बिग सेल राखिएको उल्लेख गर्नुभयो । उहाँले मन्दी र युवाहरु विदेसिँदा समग्रमा गत वर्षभन्दा व्यापार घटेको दाबी गर्नु भयो । त्यस्तै,न्युरोडका व्यापारी वैकुण्ठ दाहालले खुद्रा बजारमा विगतका वर्षहरुको तुलनामा १० प्रतिशत पनि व्यापार नभएको बताउनु भयो । उहाँले सटरभित्रका पसलहरुमा ग्राहक नआउँदा व्यापारीहरु मोवाइल चलाएर बस्न बाध्य भएको भन्दै दुई दिन केही ग्राहकहरुको भीड सेलमा देखिएको बताउनु भयो । उहाँले सियो किन्न समेत न्युरोड लगायतका क्षेत्रमा मानिसहरु आउने परिपाटी रहेकाले बजारमा भीड देखिएको भन्दै भीड अनुसार व्यापार नभएको बताउनु भयो ।

व्यापारीहरुले बजारमा व्यापार नभएको भनेपनि गत शनिवारदेखि काठमाडौं उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरुमा ग्राहकहरुको किनमेल गर्ने भीडभाड बढेको छ । किनमेल गर्नेहरुको भीडभाड बढेकाले दुई दिनदेखि काठमाडौंका व्यापारी केन्द्रहरुमा सवारी साधनको समेत चाप देखिएको छ ।