• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

एकदिवसीय विश्वकपमा आज अस्ट्रेलिया र श्रीलंका भिड्दै, यस्तो छ हेड-टू-हेड



काठमाडौँ। आइसिसी एकदिवसीय विश्वकप २०२३ अन्तर्गत आज अस्ट्रेलिया र श्रीलंका भिड्दैछन् । लखनउस्थित भारत रत्न श्री अटल बिहारी वाजपेयी क्रिकेट स्टेडियम (इकाना) मा हुनलागेको खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजेबाट सुरु हुनेछ। टस आधा घण्टा अगाडि अर्थात् दिउँसो १:४५ मा हुनेछ ।

श्रीलंकाका कप्तान दासुन शनाकाले आजको खेल गुमाउनेछन् । अक्टोबर १० मा पाकिस्तानविरुद्धको खेलमा घाईते भएका शनाका चोटका कारण विश्वकपबाट बाहिरिएका छन् । उनको स्थानमा अलराउन्डर चमिका करुणारत्नेलाई टोलीमा समावेश गरिएको छ । शानाकाको अनुपस्थितिमा कुसल मेन्डिसले टोलीको कप्तानी गर्नेछन् ।

यो विश्वकपमा तेस्रो खेल खेल्न लागेका दुबै टोलीले आफ्नो सुरुवाती दुई खेलमा हार बेहोरेका छन् । पाँच पटकको च्याम्पियन अस्ट्रेलिया पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । यता श्रीलंका पहिलो खेलमा न्युजिल्यान्डसँग र दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । आज दुबै टोली जित हात पारदै विश्वकपमा आफ्नो खाता खोल्ने सोचमा हुनेछन् ।

हेड-टू-हेड

अस्ट्रेलिया र श्रीलंकाबिच हालसम्म कुल १०३ ओडीआई खेलिएको छ । अस्ट्रेलियाले ६३ खेल जितेको छ भने श्रीलंकाले ३६ खेल जितेको छ । ४ खेल अनिर्णित रह्यो ।

एकदिवसीय विश्वकपमा भने यि दुई टोलीले हालसम्म १० खेल खेलेका छन् जसमा अष्ट्रेलियाले ८ पटक जितेको छ भने श्रीलंकाले एक खेल जितेको छ । एक खेल भने नतिजाबिहिन रहेको छ ।

अस्ट्रेलियाले पछिल्ला ५ खेलमध्ये ४ हारेको छ र एउटा मात्र जितेको छ। यता श्रीलंकाले पनि पछिल्लो ५ खेलमा ४ हार र एउटा मात्र जितेको छ ।

यस वर्षको विश्वकपमा अस्ट्रेलियाका लागि मार्नस लाबुस्चेनले सर्वाधिक रन बनाएका छन् । बलरमा जोस हेजलवुडले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले २ खेलमा ४ विकेट लिएका छन् ।

यस्तै, श्रीलंकाका कुसल मेन्डिसले सर्वाधिक रन बनाएका छन् । उनले दुई खेलमा एक शतक र एक अर्धशतक सहित १९८ रन बनाएका छन् । दिलशान मदुशंकाले सर्वाधिक ४ विकेट लिएका छन् ।

अष्ट्रेलियाका सम्भावित प्लेइङ- ११
मिचेल मार्श, डेभिड वार्नर, स्टीवन स्मिथ, मार्नस लाबुस्चेन, जोश इंग्लिस (विकेटकिपर) एलेक्स केरी, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, मिचेल स्टार्क, प्याट कमिन्स (कप्तान), एडम जाम्पा, जोश हेजलवुड ।

श्रीलंकाका सम्भावित प्लेइङ -११
पथुम निसांका, कुसल परेरा, कुसल मेन्डिस (कप्तान), सदीरा समरविक्रमा (विकेटकिपर), चरित असलंका, धनंजया डी सिल्भा, दुशन हेमन्था, दुनिथ वेललागे, महेश थेक्षाना, मथीशा पाथिराना, दिलशान मधुशंका ।