• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

सोमबार नेप्से परिसूचक ३७.५८ अंकले ओरालो, रू. ६ अर्ब ७६ करोड माथिको कारोबार



काठमाडौं । सोमबार नेप्से परिसूचक ३७.५८ अंक घटेर बजार २ हजार ६६१.९३ विन्दुमा पुगेर बन्द भएको छ । यो दिन १.३९ प्रतिशत घटेको हो । यो दिन सेन्सेटिभ इन्डेक्स पनि ७.०६ अंक घटेर ४७९.१० विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सेन्सेटिभ इन्डेक्स १.४५ प्रतिशत घटेको हो ।

साताको पहिलो कारोबार दिन ओरालो लागेको शेयर बजार दोस्रो दिन सोमबार पनि घटेर बन्द भएको हो । अघिल्लो कारोबार दिनको तुलनामा सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आइतबार रू. ८ अर्ब ८० करोड १८ लाख ३ हजार बराबरको १ करोड ९५ लाख २८ हजार ६५६ कित्ता शेयर कारोबार भएकोमा सोमबार रू. ६ अर्ब ७६ करोड ६८ लाख १ हजार बराबरको १ करोड ४२ लाख ७६८ कित्ता शेयर कारोबार भएको हो । यो कारोबार २१३ ओटा कम्पनीको ७३ हजार ५८२ पटकको व्यापारमा भएको हो ।

सोमबार जलविद्युत् र वित्त समूहका लगानीकर्ताहरुले कमाएका छन् । यो दिन कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये वित्त समूहको ०.४८ प्रतिशत र जलविद्युत् समूहको ०.१२ प्रतिशत बढेको हो । यो दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६.१७ प्रतिशत घटेको छ । 

त्यस्तै व्यापारिक समूहको २.९ प्रतिशत, बैंकिङ्को १.८६ प्रतिशत, विकास बैंकको १.९४ प्रतिशत, निर्जीवन बीमाको १.७७ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.७४ प्रतिशत, अन्यको १.३२ प्रतिशत, लघुवित्तको १.१८ प्रतिशत, जीवन बीमाको ०.७५ प्रतिशत, म्युचुअल फण्डको ०.६५ प्रतिशत र लगानी समूहको ०.५७ प्रतिशत परिसूचक घटेको छ ।

सोमबारको कारोबारमा ज्योति लाईफ इन्स्योरेन्स र महिला लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ भने चन्द्रागिरी हिल्स लिमिटेडको सर्वाधिक घटेको छ । ज्योति लाईफ इन्स्योरेन्सको शेयरमूल्य ९.९८ प्रतिशत र महिला लघुवित्तको शेयरमूल्य ९.९४ प्रतिशत बढेको हो । उक्त कम्पनीको प्रतिकित्ता रू. ६२ ले बढेर अन्तिम मूल्य रू. ६८३ पुगेको छ भने महिला लघुवित्तको प्रतिकित्ता रू. १३२ ले बढेर अन्तिम मूल्य रू. १ हजार ४६० पुगेको छ । 

सोमबार चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको चन्द्रागिरी हिल्सको शेयरमूल्यमा भने ९.८० प्रतिशत गिरावट आएको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २३६ ले घटेर रू. २ हजार १७३ मा झरेको हो । कम्पनी चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १८ करोड ११ लाख २० हजार खुद नोक्सानीमा रहेको छ । गत वर्षको तुलनामा यस वर्ष खुद नोक्सानी बढेको छ । 

गत वर्ष यो अवधिसम्म कम्पनी रू. २ करोड १८ लाख ८ हजार नोक्सानीमा रहेको थियो । खुद नोक्सानी बढेको त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएसँगै कम्पनीको शेयर विक्री चाप बढेकाले मूल्यमा असर परेको हो । 

यसदिन नागरिक लगानी कोषको सबैभन्दा बढी रकमको शेयर खरीदविक्री भएको छ । कोषको रू. २८ करोड ३४ लाख ४७ हजार बराबरको ७१ हजार ४४ कित्ता शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य भने २.९४ प्रतिशत घटेको छ । प्रतिकित्ता रू. १२१ ले घटेर नागरिक लगानी कोषको शेयरमूल्य रू. ३ हजार ९९४ कायम भएको हो ।