२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपालिका सुधारउन्मुख भइरहेको छ: प्रधानन्यायाधीश श्रेष्ठ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारउन्मुख भइरहेको बताउनुभएको छ ।

छिटो, छरितो र गु्णस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जनआस्था अभिवृद्धिलाई केन्द्र बिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर भईरहेको उहाँको दाबी थियो ।

आईतवार उच्च अदालत पाटनको नवनिर्मित भवनको उदघाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सामूहिक प्रतिवद्धता, जिम्मेवारीप्रतिको समर्पण, लक्ष्यप्रतिको दृढ संकल्प र मेहनतले न्यायपालिकामा सुधारका स्पष्ट संकेतहरु समेत देखापर्न थालेको उल्लेख गर्दै त्यस कार्यमा संलग्न सबै पक्षप्रति आभार व्यक्त गर्नुभयो । उहाँले २ वर्ष नाघेका मुद्दालाई बाँकी रहन नदिने लक्ष्यका साथ अदालतहरु क्रियाशील रहेको समेत बताउनु भयो ।

प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, ‘नेपालको र्संविधानले प्रत्याभूति गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण राख्दै छिटो, छरितो, स्वच्छ, निष्पक्ष, शुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादनको माध्यामबाट सबैलाई न्याय सुनिश्चित गर्ने तथा सुशासन र गुणस्तरीय सेवा प्रवाहमार्फत न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्न यस नवनिर्मित भवनबाट हुने न्याय सम्पादन र कामवाहीले थप योगदान पुग्नेछ भन्ने मेरो अपेक्षा छ । साथै मानव अधिकार तथा संविधान प्रदत्त नागरिकका मौलिक हक अधिकारहरुको संरक्षण प्रत्याभूतिमा समेत थप प्रभावकारिता आउने विश्वास व्यक्त गरेको छु । यस भवनमा न्यायको दियो सदैव प्रज्वलित भइरहोस् र यस भवनबाट हुने कार्य सम्पादनले न्याय, सुशासन र जनआस्था अभिवृद्धिमा नयाँ उचाई कायम गर्न सकोस् भन्ने कामना समेत गर्दछु । यहाँहरुलाई थाहा छ–अहिले न्यायपालिका स्वभाविक लयमा हिँडन थालेको छ ।’

‘र, सुधारको मार्गमा उन्मुख भईरहेको छ । छिटो, छरितो र गु्णस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जन आस्था अभिवृद्धिलाई केन्द्र विन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर छ । सामूहिक प्रतिवद्धता, जिम्मेवारीप्रतिको सम्र्पण, लक्ष्यप्रतिको दृढ संकल्प, र मेहनतले सुधारका रुपष्ट संकेतहरु समेत देखा पर्न थालेका छन । न्यायिक नेतृत्वको हैसियतले म यस अवसरमा सम्वद्ध सबैप्रति हार्दिक आभार र कृतज्ञता समेत ज्ञापन गर्दछु । न्यायिक सुधारको क्षितिजलाई अझ फराकिलो बनाऔं । यहाँहरुबाट आगामी दिनमा त्यसै अनुसारको क्रियाशीलताको अपेक्षा गर्दछु । २ वर्ष नाघेका मुद्धालाई बाँकि रहन नदिने लक्ष्यमा साथ अदालतहरु क्रियाशील रहेका छन ।’

प्रधानन्यायाधीश श्रेष्ठले उच्च अदालत पाटनमा बनेको नवनिर्मित भवनले गुणस्तरीय सेवा प्रवाहमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उच्च अदालत पाटनको कामकारबाहीप्रति आफूहरु खुशी रहेको बताउनु भयो । उहाँले सो अदालतको चौतारोलगायतका भौतिक पूर्वाधार निर्माण पनि महानगरपालिका तयार रहेको बताउनु भयो ।

मेयर महर्जनले भन्नुभयो, ‘उच्च अदालत पाटनसँग हामीले थुप्रै बिन्दुहरुमा सहकार्य गरेका छौं । र, त्यो राम्रो छ । हामी खुशी छौं । त्यहाँ चौतारालगायतका भौतिक पूर्वाधार हामी बनाई दिन्छौं ।’

मेयर महर्जनले उच्च अदालत पाटनको भवन निर्माण कार्य समयमै सम्पन्न भएको भन्दै सम्बन्धित पक्षलाई धन्यवाद समेत दिनुभयो ।

 




भर्खरै