• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड ★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ ★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ?

परिच्छेदको निर्देशनमा ‘महाराजधिराज’ निर्माणको घोषणा



काठमाडौं । गतबर्ष फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेर तारिफ कमाएका निर्देशक परिच्छेद सेनले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् ।

घटस्थापनाको अवसर पारेर नयाँ फिल्म ‘महाराजधिराज’ निर्माणको घोषणा गरिएको हो । परिच्छेदकै लेखन रहेको यो फिल्मका प्रस्तुतकर्ता बिराज बिष्ट हुन् । बिराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए । यो फिल्मले चलचित्र विकास बोर्डले आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’मा विशेष फिल्मको अवार्ड समेत पाएको थियो ।

टोपेन्द्र बिष्टको लगानीमा तयार हुने फिल्मले रोमान्टिक तथा सामाजिक कथा प्रस्तुत गर्ने निर्देशक सेनले जानकारी दिएका छन् ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने फिल्मको निर्माण घोषणासँगै प्रदर्शन मिति पनि तय गरिएको छ । फिल्मलाई वि।सं २०८१ सालको तिहारमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको हो । फिल्मका लागि कलाकार भने तय गरिएको छैन ।

फिल्ममा सह–निर्देशकको रूपमा काम गर्दै आएका परिच्छेदले ‘प्रेमगञ्ज’बाट आफूलाई एक सशक्त निर्देशकको रूपमा पुष्टि गरेका थिए । यसैले, उनको नयाँ फिल्मको प्रतीक्षा दर्शकमा छ । ‘महाराजधिराज’बाट दर्शकले आफूप्रति गरेको विश्वासलाई अझै बलियो तरिकाले प्रस्तुत गर्ने परिच्छेदले बताएका छन् ।

परिच्छेदले प्रेमगञ्ज अघि ‘मोदर र स्ट्राइक’ नामका सट फिल्म पनि निर्देशन गरिसकेका छन् । यी दुवै फिल्मले दुई दर्जन अन्तर्राष्ट्रिय अवार्ड समेत जितेका थिए ।