४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सिनेमाघर एपमा रिलिज भयो चलचित्र ‘जारी’, विश्वभरबाट हेर्न सकिने

सिनेमाघर एपमा रिलिज भयो चलचित्र ‘जारी’, विश्वभरबाट हेर्न सकिने
अ+ अ-

काठमाडौँ। नेपालको पहिलो ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा सुपरहिट चलचित्र ‘जारी’ रिलिज भएको छ । बडादसैँको अवसर पारी आज घटस्थापनाको दिन यो चलचित्र विश्वव्यापी ओटीटी रिलिज गरिएको हो ।

सिनेमाघर एपमा ‘जारी’को सर्वाधिक डिमान्ड आएको थियो । सोही डिमान्डलाई मध्यनजर गर्दै यो चलचित्र रिलिज गरिएको सिनेमाघरका सिईओ सागर खरेलले बताए ।

यस वर्षको सर्वाधिक हिट चलचित्र ‘जारी’ले हलमा १७ करोडमाथिको कलेक्सन गरेको थियो । उपेन्द्र सुब्बाले निर्देशन गरेको यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ लगायतको अभिनय छ ।

यसअघि यो सिनेमाघर एपमा ‘जय भोले’, ‘कबड्डी ४’, ‘महापुरुष जस्ता बहुचर्चित चलचित्रहरू रिलिज भई सफल भइसकेका छन् । गत भदौमा रिलिज भएको ‘महापुरुष’ले सिनेमाघरमा सफल व्यापार गरिरहेको छ ।

सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेका छन् । एपमा उपलब्ध चलचित्रहरू नेपालका प्राय: डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट(क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ ।

‘जारी’ हेर्न रु २०० रकम तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर नि:शुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ ।