• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   कर्णाली प्रदेशका सडकमा बजेट नछुट्याए संसद भवन घेराउ गर्ने सांसद थानीको चेतावनी ★   राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण: वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान ★   कालोपट्टी बाँधेर धर्नामा बसे संसद्का कर्मचारी ★   संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न सांसद पन्तले गराए ध्यानाकर्षण ★   चाँदीको मूल्य बढ्दा सुनको मूल्य स्थिर ★   देशमा अत्याचार बढेको छ: सांसद पाण्डे ★   अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सांसद शर्माको ध्यानाकर्षण ★   मेलम्ची आयोजनाले हेडबक्स सार्ने प्रक्रिया शुरु गर्‍यो ★   नेकपा एस महाधिवेशन: मतदाता नामावली आज प्रकाशन हुँदै ★   मासिक ८२ हजारको जागिर छाडेर गुल्मीमा घाँसखेती गर्दै गोपाल

सिनेमाघर एपमा रिलिज भयो चलचित्र ‘जारी’, विश्वभरबाट हेर्न सकिने



काठमाडौँ। नेपालको पहिलो ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा सुपरहिट चलचित्र ‘जारी’ रिलिज भएको छ । बडादसैँको अवसर पारी आज घटस्थापनाको दिन यो चलचित्र विश्वव्यापी ओटीटी रिलिज गरिएको हो ।

सिनेमाघर एपमा ‘जारी’को सर्वाधिक डिमान्ड आएको थियो । सोही डिमान्डलाई मध्यनजर गर्दै यो चलचित्र रिलिज गरिएको सिनेमाघरका सिईओ सागर खरेलले बताए ।

यस वर्षको सर्वाधिक हिट चलचित्र ‘जारी’ले हलमा १७ करोडमाथिको कलेक्सन गरेको थियो । उपेन्द्र सुब्बाले निर्देशन गरेको यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ लगायतको अभिनय छ ।

यसअघि यो सिनेमाघर एपमा ‘जय भोले’, ‘कबड्डी ४’, ‘महापुरुष जस्ता बहुचर्चित चलचित्रहरू रिलिज भई सफल भइसकेका छन् । गत भदौमा रिलिज भएको ‘महापुरुष’ले सिनेमाघरमा सफल व्यापार गरिरहेको छ ।

सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेका छन् । एपमा उपलब्ध चलचित्रहरू नेपालका प्राय: डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट(क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ ।

‘जारी’ हेर्न रु २०० रकम तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर नि:शुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ ।