२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्की बालकोटमा



अ+ अ-

काठमाडौं । कोशी प्रदेशको नवनियुक्त मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

शनिवार साँझ काठमाडौँ आएका कार्की कांग्रेस नेता शेखर कोइरालालाई भेटेपछि ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम एमालेका ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षरमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

कार्कीले आजै नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एकजना कांग्रेस सांसदलाई मन्त्री नियुक्ति गर्ने तयारी पनि गरेका छन् ।