२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा भलिबल: नेपालको फाइनल खेल्ने सपना अधुरै, उज्वेकिस्तानसँग पराजित



अ+ अ-

श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएको छ ।

कोलम्बोस्थित सुगाथादास रङ्गशालामा आज भएको प्रितस्पर्धात्मक खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० सेट ( २५-२२, २५-२० र २६-२४) मा पराजित भएको हो ।

नेपाल हालसम्म खेलेका पाँच मध्ये दुई खेलमा विजयी र तीन खेलमा पराजित भएको छ । नेपालले बङ्गलादेश र अफगानिस्तानलाई पराजित गरेको थियो । तर श्रीलङ्कासँग, साउदी अरेबीया र उज्वेकिस्तानसँग नेपाल पराजित भइसकेको छ ।

नेपालले दुई खेल जितेर ४ अंक मात्र प्राप्त गरेको छ । यो सहित नेपाल फाइनल पुग्न असफल भएको छ ।

यही असोज २८ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, साउदी अरब र उज्वेकिस्तान सहभागी छ्न् ।
अंक तालिकामा शीर्ष स्थानमा रहेका श्रीलंका र उज्वेकिस्तान फाइनलमा प्रवेश गरेका छन् ।