२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा भलिबल: नेपालको फाइनल खेल्ने सपना अधुरै, उज्वेकिस्तानसँग पराजित



अ+ अ-

श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएको छ ।

कोलम्बोस्थित सुगाथादास रङ्गशालामा आज भएको प्रितस्पर्धात्मक खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० सेट ( २५-२२, २५-२० र २६-२४) मा पराजित भएको हो ।

नेपाल हालसम्म खेलेका पाँच मध्ये दुई खेलमा विजयी र तीन खेलमा पराजित भएको छ । नेपालले बङ्गलादेश र अफगानिस्तानलाई पराजित गरेको थियो । तर श्रीलङ्कासँग, साउदी अरेबीया र उज्वेकिस्तानसँग नेपाल पराजित भइसकेको छ ।

नेपालले दुई खेल जितेर ४ अंक मात्र प्राप्त गरेको छ । यो सहित नेपाल फाइनल पुग्न असफल भएको छ ।

यही असोज २८ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, साउदी अरब र उज्वेकिस्तान सहभागी छ्न् ।
अंक तालिकामा शीर्ष स्थानमा रहेका श्रीलंका र उज्वेकिस्तान फाइनलमा प्रवेश गरेका छन् ।