७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पानी ३२० स्थानबाट चुहावट



अ+ अ-

काठमाडौँ । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट  वितरण  गर्दा ३२० स्थानबाट चुहावट भएको छ । पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । ​ यसअघि   पानीको   बहाव   कम   हुँदा जमिनमुनि  पानी  रहन्थ्यो  भने  बहाव  बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड  (केयुकेएल)ले  जनाएको  छ ।

जहाँ चुहावट  भएको  छ,  त्यहाँ  मर्मत  गरिएको केयुकेएलले जनाएको छ । केयुकेएलका प्रमुुख कार्यकारी  अधिकृत  मिलन  शाक्यले  ३२० स्थानमध्ये  दुई  सय  स्थानमा  मर्मत  भइसकेको जानकारी दिए । 

उनले भने, “पुरानो पाइपबाट चुहावट भइरहेको  छ । मर्मत  गरिरहेका  छौँ । सडक  विभागसँग  स्वीकृति  लिएका  छौँ  । अब थप स्थानमा  मर्मत  गर्नेछौँ ।”  मेलम्चीको  पानी उपत्यकामा सातवटा पोखरीबाट वितरण गरिएको छ । गोरखापत्र दैनिकमा छ ।