• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

पूर्वप्रधानमन्त्री चन्दको उपन्यास ‘अपराजिता’ लोकार्पण



काठमाडौँ : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास ‘अपराजिता’ को लोकार्पण गरिएको छ ।

सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश तथा सशस्त्र द्वन्द्वका समयमा त्यहाँका जनताले भोग्नुपरेको समस्यालाई उजागर गरी लेखिएको उक्त उपन्यासको आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गर्नुभएको हो ।

लोकार्पणपछि पूर्वराष्ट्रपति भण्डारीले ८० वर्ष नाघिसक्नुभएका चन्दले उपन्यास लेखेर देखाउनुभएको सक्रियताबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्ने बताउनुभयो । “८० वर्ष नाघिसकेको अवस्थामा समेत चन्दले साहित्य सिर्जनालाई निरन्तरता दिएर अपराजिता जस्तो उत्कृष्ट उपन्यास लेखन गर्नु हामी धेरैलाई विस्मृत पार्ने कुरा हो,”– उहाँले भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले उक्त उपन्यासले नेपाली साहित्यको भण्डारलाई थप सुदृढ र समृद्ध बनाउन मद्दत पु¥याएको उल्लेख गर्नुभयो । चन्दको सक्रियता र लगनशीलताबाट अन्य साहित्यरकाले प्रेरणा लिनुपर्ने उहाँको भनाइ थियो ।

पुस्तकका लेखक, पूर्वप्रधानमन्त्री चन्दले आफ्नो एउटा उपन्यास लेख्ने धोको भए पनि विगतमा समय अभावका कारण कथामै टुङ्ग्याएको बताउनुभयो । उक्त कृतिलाई उपन्यासको रुपमा प्रकाशित गर्न पाउँदा सन्तोष लागेको उहाँले उल्लेख गर्नुभयो ।

पुस्तकमा शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको माध्यमबाट नै सिङ्गो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवं दार्शनिक मतलाई प्रस्तुत गरेको पूर्वप्रधानमन्त्री  चन्दको भनाइ थियो । रासस