२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वप्रधानमन्त्री चन्दको उपन्यास ‘अपराजिता’ लोकार्पण



अ+ अ-

काठमाडौँ : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास ‘अपराजिता’ को लोकार्पण गरिएको छ ।

सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश तथा सशस्त्र द्वन्द्वका समयमा त्यहाँका जनताले भोग्नुपरेको समस्यालाई उजागर गरी लेखिएको उक्त उपन्यासको आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गर्नुभएको हो ।

लोकार्पणपछि पूर्वराष्ट्रपति भण्डारीले ८० वर्ष नाघिसक्नुभएका चन्दले उपन्यास लेखेर देखाउनुभएको सक्रियताबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्ने बताउनुभयो । “८० वर्ष नाघिसकेको अवस्थामा समेत चन्दले साहित्य सिर्जनालाई निरन्तरता दिएर अपराजिता जस्तो उत्कृष्ट उपन्यास लेखन गर्नु हामी धेरैलाई विस्मृत पार्ने कुरा हो,”– उहाँले भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले उक्त उपन्यासले नेपाली साहित्यको भण्डारलाई थप सुदृढ र समृद्ध बनाउन मद्दत पु¥याएको उल्लेख गर्नुभयो । चन्दको सक्रियता र लगनशीलताबाट अन्य साहित्यरकाले प्रेरणा लिनुपर्ने उहाँको भनाइ थियो ।

पुस्तकका लेखक, पूर्वप्रधानमन्त्री चन्दले आफ्नो एउटा उपन्यास लेख्ने धोको भए पनि विगतमा समय अभावका कारण कथामै टुङ्ग्याएको बताउनुभयो । उक्त कृतिलाई उपन्यासको रुपमा प्रकाशित गर्न पाउँदा सन्तोष लागेको उहाँले उल्लेख गर्नुभयो ।

पुस्तकमा शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको माध्यमबाट नै सिङ्गो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवं दार्शनिक मतलाई प्रस्तुत गरेको पूर्वप्रधानमन्त्री  चन्दको भनाइ थियो । रासस