१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक: गृहमन्त्री श्रेष्ठ

व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक: गृहमन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार दास्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । गृहमन्त्री श्रेष्ठले मुलुकको व्यापार घाटालाई कम गर्नको निम्ति मुलुकको उत्पादनलाई निर्यात गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले मुलुकमा उत्पादन भएका वस्तुहरु निर्यात नगरेसम्म कसैलाई अनुरोध र निवेदन गरेर मात्रै व्यापार घाटा कम हुन नसक्ने दाबी गर्नुभयो ।

उहाँले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नसके मात्रै व्यापार घाटा कम हुने भन्दै तत्काल ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गर्दा पनि व्यापार घाटा कम हुने अवस्था नभएको बताउनु भयो । उहाँले विकासको निम्ति पँुजी आवश्यक रहेको भन्दै सरकारले पुँजी निमार्ण,पुँजीगत खर्चको कार्यान्वयन र चुलिँदै गएको व्यापार घाटालाई कम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले हान्डीक्याप्ट र सर्भिस सेक्टरबाट पनि नेपालले व्यापार घाटा कम सकिने बताउनु भयो।

उहाँले भन्नुभयो,‘ विकासको निम्ति पँुजी आवश्यक पर्छ । हामीसँग पुँजी निमार्ण,पुँजीगत खर्चको कार्यान्वयन र चुलिँद गएको व्यापार घाटालाई कमी गर्नुछ । मुलुकको व्यापार घाटालाई कमी गर्नको निम्ति मुलुकको उत्पादनलाई निर्यात गर्न सक्नुपर्छ । मुलुकको उत्पादन निर्यात नगरेर कसैलाई अनुरोध र निवेदन गरिदिएर व्यापार घाटा कम हुँदैन । मुलुकको व्यापार घाटा कम गर्नलाई आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्न सक्नुपर्छ । निर्यात गर्न पनि ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गरौं भनेर व्यापार घाटा कम हुनेवाला छैन । अहिले मुलुकको व्यापार घाटा कम गर्नको निम्ति अहिले हामीसँग जे छ त्यो निर्यात गर्न सक्नुपर्छ ।’

‘हान्डीक्याप्ट र सर्भिस सेक्टरबाट हामीले व्यापार घाटा कम गर्नुछ । व्यापार घाटा कम गरेर राष्ट्रलाई समृद्धिको दिशामा तिर लैजान र नेपालमा घरेलु उद्योगहरुलाई प्रोत्साहित गरेर रोजगारी र उत्पादन वृद्धि गरी व्यापार घाटा कम गरी राष्ट्रको अर्थतन्त्रलाई समृद्धिको दिशातिर लैजान यस्तो कदम अत्यन्तै सहयोगी महत्वपूर्ण कदम हो । सरकारको कतव्र्य हुन जान्छ यस बारेमा सरकार सेचत छ । यो प्रक्रियालाई कसरी सहयोग गर्ने ? उहाँहरु आफैँले व्यक्तिगत पहल लिनुभयो । यसलाई सरकारले पनि एउटा वा अर्को रुपमा सहयोग गर्नुपर्छ । प्रोत्साहन गर्नुपर्छ भन्ने कुरामा प्रष्ट छ । सरकारका सरोकारवाला निकायहरुलाई मुलुकको व्यापार घाटा कम गर्ने गरी निर्यात वृद्धिमा पहल चाल्न निर्देशन दिनन्छु ।’

गृहमन्त्री श्रेष्ठले राष्ट्रलाई समृद्धिको दिशामा तिर लैजान घरेलु उद्योगहरुलाई प्रोत्साहित गरी रोजगारी सिर्जना र उत्पादन वृद्धि गरे मात्रै र अर्थतन्त्रलाई समृद्धिको दिशातिर लैजान सकिने बताउनु भयो । उहाँले सरकारको कर्तव्य मुलुकमा उत्पादन वृद्धि गरी रोजगारी सिर्जना गरी उत्पादित वस्तु निर्यात गर्न सहयोगी भुमिका खेल्नुभएको भन्दै सरोकारवाला निकायहरुलाई मुलुकको व्यापार घाटा कम गर्ने गरी निर्यात वृद्धिमा पहल चाल्न निर्देशन दिनुभयो ।