६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.86

Wind: 2.06

Humidity: 100

Latest
रामकुमारी झाँक्रीको आक्रोस– ‘अब चाहिँ शिक्षकहरूको रमिता बढी भयो’ राप्रपाका महामन्त्री धवलशमशेर जबरा रिहा हुँदै शिक्षक मागबारे सरकारलाई दबाब दिन कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले गरायो सभापति देउवाको ध्यानाकर्षण विश्वकपमा पुग्न नेपालले आज अफगानिस्तानसँग निर्णायक खेल खेल्दै सञ्चारिका समूहको अध्यक्षमा पन्थी निर्वाचित काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएपछि मन्त्री फेर्ने गृहकार्य सौर्यमण्डल बाहिरको ग्रहमा जीवनको सम्भावित लक्षण देखिएको वैज्ञानिकहरूको दाबी सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक: गृहमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार दास्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । गृहमन्त्री श्रेष्ठले मुलुकको व्यापार घाटालाई कम गर्नको निम्ति मुलुकको उत्पादनलाई निर्यात गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले मुलुकमा उत्पादन भएका वस्तुहरु निर्यात नगरेसम्म कसैलाई अनुरोध र निवेदन गरेर मात्रै व्यापार घाटा कम हुन नसक्ने दाबी गर्नुभयो ।

उहाँले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नसके मात्रै व्यापार घाटा कम हुने भन्दै तत्काल ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गर्दा पनि व्यापार घाटा कम हुने अवस्था नभएको बताउनु भयो । उहाँले विकासको निम्ति पँुजी आवश्यक रहेको भन्दै सरकारले पुँजी निमार्ण,पुँजीगत खर्चको कार्यान्वयन र चुलिँदै गएको व्यापार घाटालाई कम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले हान्डीक्याप्ट र सर्भिस सेक्टरबाट पनि नेपालले व्यापार घाटा कम सकिने बताउनु भयो।

उहाँले भन्नुभयो,‘ विकासको निम्ति पँुजी आवश्यक पर्छ । हामीसँग पुँजी निमार्ण,पुँजीगत खर्चको कार्यान्वयन र चुलिँद गएको व्यापार घाटालाई कमी गर्नुछ । मुलुकको व्यापार घाटालाई कमी गर्नको निम्ति मुलुकको उत्पादनलाई निर्यात गर्न सक्नुपर्छ । मुलुकको उत्पादन निर्यात नगरेर कसैलाई अनुरोध र निवेदन गरिदिएर व्यापार घाटा कम हुँदैन । मुलुकको व्यापार घाटा कम गर्नलाई आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्न सक्नुपर्छ । निर्यात गर्न पनि ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गरौं भनेर व्यापार घाटा कम हुनेवाला छैन । अहिले मुलुकको व्यापार घाटा कम गर्नको निम्ति अहिले हामीसँग जे छ त्यो निर्यात गर्न सक्नुपर्छ ।’

‘हान्डीक्याप्ट र सर्भिस सेक्टरबाट हामीले व्यापार घाटा कम गर्नुछ । व्यापार घाटा कम गरेर राष्ट्रलाई समृद्धिको दिशामा तिर लैजान र नेपालमा घरेलु उद्योगहरुलाई प्रोत्साहित गरेर रोजगारी र उत्पादन वृद्धि गरी व्यापार घाटा कम गरी राष्ट्रको अर्थतन्त्रलाई समृद्धिको दिशातिर लैजान यस्तो कदम अत्यन्तै सहयोगी महत्वपूर्ण कदम हो । सरकारको कतव्र्य हुन जान्छ यस बारेमा सरकार सेचत छ । यो प्रक्रियालाई कसरी सहयोग गर्ने ? उहाँहरु आफैँले व्यक्तिगत पहल लिनुभयो । यसलाई सरकारले पनि एउटा वा अर्को रुपमा सहयोग गर्नुपर्छ । प्रोत्साहन गर्नुपर्छ भन्ने कुरामा प्रष्ट छ । सरकारका सरोकारवाला निकायहरुलाई मुलुकको व्यापार घाटा कम गर्ने गरी निर्यात वृद्धिमा पहल चाल्न निर्देशन दिनन्छु ।’

गृहमन्त्री श्रेष्ठले राष्ट्रलाई समृद्धिको दिशामा तिर लैजान घरेलु उद्योगहरुलाई प्रोत्साहित गरी रोजगारी सिर्जना र उत्पादन वृद्धि गरे मात्रै र अर्थतन्त्रलाई समृद्धिको दिशातिर लैजान सकिने बताउनु भयो । उहाँले सरकारको कर्तव्य मुलुकमा उत्पादन वृद्धि गरी रोजगारी सिर्जना गरी उत्पादित वस्तु निर्यात गर्न सहयोगी भुमिका खेल्नुभएको भन्दै सरोकारवाला निकायहरुलाई मुलुकको व्यापार घाटा कम गर्ने गरी निर्यात वृद्धिमा पहल चाल्न निर्देशन दिनुभयो ।