९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अपांगता भएका व्यक्ति सम्बन्धि शक्तिशाली आयोग बनाउन सरकार सकारात्मक छ: प्रधानमन्त्री दाहाल

अपांगता भएका व्यक्ति सम्बन्धि शक्तिशाली आयोग बनाउन सरकार सकारात्मक छ: प्रधानमन्त्री दाहाल
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अपांगता भएका व्यक्तिसम्बन्धि शक्तिशाली आयोग बनाउन सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रियसभा बैठकमा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धि संकल्प प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो ।

उहाँले अपांगता भएका व्यक्तिहरुको मानव अधिकार रक्षा, उनीहरुको सशक्तिकरण तथा विकासका लागि सरकार सैद्धान्तिक, राजनीतिक तथा व्यवहारिक रुपमा प्रतिवद्ध रहेको बताउनु भयो । संघ, प्रदेश र स्थानीय सरकारका वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत अपांगता र फरक क्षमता भएका व्यक्तिहरुको अधिकार संरक्षण, परिचय पत्र वितरण, तथ्यांक संकलनलगायतका लक्षित कार्यक्रम सञ्चालन भईरहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले त्यसलाई थप प्रभावकारी बनाई उनीहरुको सम्मानजनक, मर्यादित र स्वतन्त्र जीवनयापनका लागि सरकार लागि परेको बताउनु भयो । उहाँले संघ, प्रदेश र स्थानीय तहमा वार्षिक रुपमा विनियोजन हुने बजेटमार्फत अपांगता भएका व्यक्तिका लागि थप लक्षित कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको उल्लेख गर्दै ती समस्या समाधान हुने गरी स्थानीय तहलाई सवलीकरण गर्ने काममा आफूहरु लागेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘अपांगता भएका व्यक्तिहरुको मानव अधिकारको रक्षा, उनीहरुको सशक्तिकरण तथा विकासका लागि सरकारको सैद्धान्तिक, राजनीतिक र व्यवहारिक पनि प्रतिवद्धता रहेको छ । सबभन्दा पहिला म संकल्प प्रस्तावमा माननीय सदस्यहरुले राख्नुभएका अधिकार सम्बन्धि विषय प्रतिष्ठान वा आयोग गठन गर्न सरकार सकारात्मक रहेको कुरा म जानकारी गराउन चाहन्छु । संघ, प्रदेश र स्थानीय सरकारका वार्षिक नीति, कार्यक्रम तथा बजेटमार्फत् अपांगता र फरक क्षमता भएका व्यक्तिहरुको अधिकार संरक्षण, परिचय पत्र वितरण, तथ्यांक संकलनलगायतका लक्षित कार्यक्रम संचालन भईरहेको जानकारी पनि गराउन चाहन्छु । यसलाई थप प्रभावकारी बनाई अपांगता भएका व्यक्तिको सम्मानजनक, मर्यादित र स्वतन्त्र जीवनयापनका लागि सरकार प्रतिवद्ध रहेको जानकारी पनि म यस सम्मानित सदनलाई गराउन चाहन्छु । साथै संघ, प्रदेश र स्थानीय तहमा वार्षिक रुपमा विनियोजन हुने बजेटमार्फत् थप लक्षित कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको महशुस सरकारलाई भएको छ ।’

‘सका लागि आवश्यक कानूनी पूर्वाधारको विकास गर्नुपर्ने, स्थानीय तहमा लागू हुने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहसँग समन्वय र सहकार्यमा नमूना कानून तयार गर्ने व्यवस्था मिलाइदैछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट नियमित रुपमा उपलब्ध बार्षिक बजेट तथा कार्यक्रमका आधारमा अपांगता मैत्री स्थानीय शासन प्रवद्र्धन गर्नुपर्ने विषयमा अभिमुखिकरण गरिँदै आएको जानकारी पनि म गराउन चाहन्छु । यसलाई थप सार्थक बनाउनुपर्ने, अझ बढि प्रभावकारी र परिणाममुखि बनाउनुपर्ने आवश्यक्ता रहेको छ । नेपालको संविधान तथा स्थानीय सरकार संचालन ऐन २०७४ र अन्य प्रचलित कानून बमोजिम स्थानीय तहको बजेट निर्माण सम्बन्धि सम्पूर्ण कार्य स्थानीय तहको क्षेत्राधिकार हुने व्यवस्था छ ।’

‘यो प्रावधान लामो संघर्ष र त्याग, बलिदान पछि प्राप्त भएको उपलब्धि हो । स्थानीय सरकारलाई संविधानको मर्म र भावना अनुसार प्रत्येक नागरिकका भावना बुझने, ग्रहण गर्न सक्नेगरी संस्थागत सवलीकरण गर्न आवश्यक छ । मेरो नेतृत्वमा सरकार गठन भएदेखि स्थानीय तहलाई सवल र सक्षम बनाउँदै जनताको सुखदु:खमा सँगै रहन सक्ने गरी जनउत्तरदायी बनाउन हामी लागि रहेका छौं ।’

प्रधानमन्त्री दाहालले स्थानीय सरकारलाई संविधानको भावना र मर्म अनुसार काम गर्न सक्ने बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।