१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसमा एमालेका सबै पदाधिकारी सर्वसम्मत



चन्देश्वर मण्डल ।
अ+ अ-

जनकपूरधाम । नेकपा (एमाले) मधेस प्रदेश कमिटीका सबै पदाधिकारी सर्वसम्मत भएका छन् । अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सर्वसम्मत भएका छन् ।

यस्तै, उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैस सर्वसम्मत भएका छन्।

एमाले मधेस प्रदेश अधिवेशनले २ सय ३५ सदस्यीय पदाधिकारी चयन गर्ने छ। बुधबारबाट जनकपुरमा सुरू भएको अधिवेशनले आज बेलुकासम्म सदस्यहरूको टुंगो लाग्ने केन्द्रीय सदस्य सरोज यादवले जानकारी दिए ।