• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडामा लेपन गरि ल्याईएको सुन बरामद ★   बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ: प्रधानमन्त्री ★   कोशीका मुख्यमन्त्री कार्कीलाई नेकपा एसले विश्वासको मत दिने ★   सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक छ: वरिष्ठ उपाध्यक्ष खाँन ★   सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ ★   चितवनका ५२ विपन्न परिवारलाई सुरक्षित घर ★   कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, कांग्रेसको बहिस्कार ★   कांग्रेस बैठक आज : नीति तथा कार्यक्रमबारे के गर्ला निर्णय ? ★   उपेन्द्र यादव आज सरकारबाट बाहिरिँदै ★   बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय

राष्ट्रिय सभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन



काठमाडौँ । राष्ट्रिय सभाले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि मस्यौदा समिति गठन गरेको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो । समिति सदस्यहरुमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुल प्रसाद विश्वकर्मा र दिलकुमारी रावल थापा पार्वती रहनुभएको छ । त्यसैगरी भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी शाह गरिमा, महेशकुमार महरा र मोहम्मद खालिद पनि सदस्य रहनुभएको छ । त्यस्तै डा. विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर पनि मस्यौदा समितिमा रहनुभएको छ ।

मस्यौदा समितिले राष्ट्रिय सभा र समितिमा सुव्यवस्थित रुपमा सञ्चालन गर्न राष्ट्रिय सभा नियमावली २०७५ मा रहेका सभा तथा समिति सञ्चालनका सन्दर्भमा देखापरेको कठिनाइहरु पहिचान गरि नियमावलीमा संशोधन मस्यौदा तयार गरी सभामा पेश जनाइएको छ । समितिले सदस्यहरु मध्येबाट एकजना सभापति चयन गर्ने तथा समिति आफैँले कार्यविधि बनाउने बताइएको छ । सो मस्यौदा समितिलाई पुष १४ गते सम्मको कार्यावधि दिइएको छ ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकि सभापति दिलकुमारी रावल थापा पार्वतीले राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन २०७९/८० पेश गर्नुभएको छ ।