• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

क्रिकेट विश्वकप : दक्षिण अफ्रिकाद्वारा अस्ट्रेलिया १३४ रनले पराजित



आइसिसी विश्वकप क्रिकेट अन्तर्गत बिहीबारको दिवारात्रि खेलमा दक्षिण अफ्रिकाले यस सिजन खराब प्रदर्शन गरिरहेको अस्ट्रेलियालाई १३४ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ ।

भारतको लखनउमा भएको यस खेलमा दक्षिण अफ्रिकाले दिएको ३१२ रनको विशाल लक्ष पछ्याउने क्रममा अस्ट्रेलियाको टोली ४०.५ ओभरमा १७७ रनमै समेटिएको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाका लागि प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डी ककले व्यक्तिगत १०९ रन बनाएर टिमको आधार तयार पारेका थिए । म्याक्सवेलको बलमा बोल्ड हुनुअघि उनले ८ चौका र ५ छक्का प्रहार गरेका थिए ।

अन्य ब्याट्सम्यानमा कप्तान टेम्बा बाभुमाले ३५, रासी भान डर डुसेनले २६, ऐडन मार्करामले ५६, हेनरिच क्लासेनले २९, डेभिड मिलरले १७, मार्को यान्सेनले २६ रन बनाएका थिए ।

खराब फिल्डिङ गरेको अस्ट्रेलियाका लागि मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले समान दुई दुई विकेट लिएका थिए भने जस हेज्लवुड, प्याट कमिन्स र अडाम जाम्पाले समान एक एक विकेट लिएका थिए ।

जितका लागि ३१२ रनको लक्ष पछ्याएको अस्ट्रेलिया सुरुदेखि नै दबाबमा परेको थियो । प्रारम्भिक ब्याट्सम्यान मिचेल मार्श ७ र डेभिड वार्नर १३ रनमै पवेलियन फर्केपछि ठूलो रन पछ्याएको अस्ट्रेलियाले नियमित अन्तरालमा विकेट गुमाएको थियो ।

स्टिभन स्मिथ १९, मार्नस लाबुसाग्ने ४६, जस इन्गिस ५, ग्लेन म्याक्सवेल ३, मार्कस स्टोइनिस ५, मिचेल स्टार्क २७, प्याटक कमिन्स २२, एडम जाम्पा ११ र जस हेज्लवुड २ रन बनाएर आउट भए ।

चुस्त फिल्डिङ गरेको दक्षिण अफ्रिकाका लागि कागिसो राबाडाले ३ विकेट लिएका थिए भने मार्को यान्सेन, केशव महाराज र तब्रेज शाम्सीले समान दुई दुई विकेट लिएका थिए । लुंगी एन्गेडीले १ विकेट लिए ।

यो जितसँगै दक्षिण अफ्रिकाले २ खेलबाट ४ अंक बटुलेर पहिलो स्थानमा उक्लिएको छ । यद्यपी समान ४ अंक भएका न्युजील्यान्ड, भारत र पाकिस्तानले पनि दुई दुई खेल जितेर रन रेटका आधारमा क्रमश: दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

अस्ट्रेलिया भने लगातार २ खेलमा पराजित भएर अंक विहीन छ । यसअघि भएको खेलमा अस्ट्रेलिया भारतसँग पराजित भइसकेको छ ।