७ श्रावण २०८३, बिहीबार
,
Latest
राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी सरकार: मुख्यमन्त्रीमा कांग्रेसका केदार र माओवादीका इन्द्रको दाबी पेश



अ+ अ-

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनकै दुई नेताको दाबी पेश भएको छ ।

एमालेको समर्थनमा नेपाली कांग्रेसका सांसद केदार कार्की र गठबन्धनका सासंदहरुको समर्थनमा माओवादी केन्द्रका सांसद इन्द्र आङ्बोले छुट्टा छ्ट्टै दाबी पेश गर्नुभएको छ ।

केदारले कांग्रेसका ८ सहित एमालेका ४० सांसदको हस्ताक्षर बुझाउनु भएको छ भने आङ्बोले चार दलका संसदीय दलका नेताको हस्ताक्षर बुझाउनु भएको छ । कार्कीलाई नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ९ प्रदेशसभा सदस्यसहित एमाले सांसदहरुले समर्थन गरेका छन् ।

कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ९ जना कोइराला पक्षमा छन् । रामकुमार खत्री, लिलाकुमारी राई, शमशेर राई , गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बू, सुनिता गुरुङ र केदार कार्की र हिमाल कार्की केदारको पक्षमा उभिनु भएको छ ।

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते पदबाट राजीनामा दिए पछि प्रदेश प्रमुख परशुराम खापुङ्गले असोज २६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिनु भएको थियो ।

यसैबीच नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उप नेताबाट राजीनामा दिनु भएको छ ।

उहाँले नयाँ सरकार गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै राजीनामा दिनु भएको जनाउनु भएको छ । राजीनामा दिएलगत्तै उहाँ कार्कीको पक्षमा उभिनु भएको छ ।